Home » , , , , , » पाकिस्‍तानी युवती जिस्‍काउँदा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंसराज वाग्ले जेलमा ...

पाकिस्‍तानी युवती जिस्‍काउँदा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंसराज वाग्ले जेलमा ...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं : वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंसराज वाग्ले पक्राउ परेका छन्। युवतीको विषयमा झैझगडा गरेको आरोपमा वाग्लेसहित चारजना शुक्रबार बिहान दुई बजे पक्राउ परेका हुन्। महानगरीय प्रहरी वृत्त दरबारमार्गले वाग्लेसहित प्रज्ञा न्यौपाने, दुर्गाबहादुर लिम्बू, भुवन गुरुङ र कमल तमाङलाई पुतलीसडकस्थित होटेल तिरुपतिबाट पक्राउ गरेको हो।










वैदेशिक रोजगार व्यवसायका लागि पाकिस्तानबाट काठमाडौं आएका तनबिर हुसेन शाहसँगै आएकी पाकिस्तानी युवतीलाई जिस्काएको विषयमा दुवै समूहबीच झगडा भएको थियो। दरबारमार्गस्थित सिजलिङ डान्स बार सँगै मदिरा पिएर बाहिर निस्केको वाग्ले समूहले शाहमाथि कुटपिट गरेका थिए।



वृत्तका डीएसपी राजकुमार सिलवालले घटना पाकिस्तानी युवतीको विषयलाई लिएर भएको बताए। मदिराले मातेका वाग्ले समूहले शाहमाथि कुटपिट गरी घाइते बनाएको सिलवालले जानकारी दिए। पक्राउ परेका पाँचैजनाविरुद्ध केही सार्वजनिक अपराध ऐनअन्तर्गत छानबिन प्रक्रिया थाल्न प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरेको छ। प्रहरी हिरासतमा रहेका वाग्लेले मुटु दुख्‍न थालेको बताएपछि उनलाई शिक्षण अस्पताल महाराजगन्जको आपत्कालीन कक्षमा राखिएको डीएसपी सिलवालले जानकारी दिए।







Source : feed news from Rochak Sansar : http://ift.tt/1osvoEQ

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved