Home » , , » ७ वर्षदेखि दाह्री पालेकी महिला भन्छिन्, सामाजिक मूल्य तोड्न मलाई डर लाग्दैन

७ वर्षदेखि दाह्री पालेकी महिला भन्छिन्, सामाजिक मूल्य तोड्न मलाई डर लाग्दैन

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

२३ वर्षकी हर्नाम कौरले ७ वर्षदेखि आफ्ना दाह्री जुँगा पालेकी छिन् । लामा लामा दाह्री भएकी ती युवतीको अनुहार देख्दा ती महिला हुन् भनेर कसैले पत्याउँदैन ।कतिपयले महिलाको पनि कस्तो नराम्रोसँग दाह्री आएको होला ? भनेर खिसिट्युरी गर्दा हुन् र दाह्री पालेकोमा घृणा पनि गर्दाहुन् । तर कौर आफ्नो यस्तो छविप्रति आत्मविस्वासी र गौरवान्वित मात्र छैनिन् उनलाई विश्वकी सबैभन्दा सुन्दर दाह्री भएकी महिलाको उपाधि समेत मिलेको छ ।






हालै बेलायतमा भएको एक तस्वीर प्रदर्शनीमा उनको त्यो दाह्रीवाल तस्वीर विश्वको सबैभन्दा सुन्दर दाह्री ठहरियो । दाह्रीहरुको तस्वीर प्रदर्शनीमा कौरको तस्वीर मात्र यस्तो तस्वीर थियो जो महिलाको थियो ।बर्क सायरको स्लघकी बासिन्दा कौरले १६ वर्षको उमेरदेखि नै दाह्री पाल्न सुरु गरेकी हुन् । उनमा पोलिसिस्टीक ओभर सिन्ड्रोम भनिने रोग छ जसका कारण उनको सरीरमा अत्यधिक भुत्ला वृद्धि हुन्छ ।प्रोजेक्ट सिक्स्टी नामक उक्त तस्वीर प्रदर्शनीमा छानिएका ६० जनामध्ये उनी एक थिइन् । प्रदर्शनीमा सर्वोत्कृष्टताको ताज पहिरिएसँगै बोल्दै कौरले सम्पूर्ण दाह्रीवाल पुरुषहरुको बीचमा आफु एक्लो दाह्रीवाल महिला हुन पाएकोमा निकै खुसी लागेको बताइन् ।



किशोरी अवस्थामा आफ्नो अनुहार तथा जिउमा पलाएका धेरै रौँ का कारण अपमानित हुनु पर्दा उनले सधै अनुहार तथा जिउका रौँ उखेल्ने तथा खौरने गर्थिन् । तर सिख धर्म ग्रहणसँगै उनले सरीरका रौँ नखौरिने निधो गरिन् ।सुरुमा आफुले धार्मिक कारणले दाह्री नखौरेको भएपनि अहिले भने व्यक्तिगत कारणले दाह्रीजुँगा पालिरहेको उनी बताउँछिन् ।‘यसले मलाई साहसी अनुभुत गराउँछ, एक आत्वविश्वासी महिला जो समाजको मूल्य तोड्न डराउँदैन,’ उनी भन्छिन् ।



प्रोजेक्ज सिक्टीले ‘दाह्री मौसम’को सुरुवात गरेको छ जुन एक गैरनाफामूलक संगठन हो र यसले जाडो याममा आफ्ना दाह्री पाल्न मानिसहरुलाई आग्रह गर्दै छालाको क्यान्सरका विषयमा जनचेतना जगाउने काम गर्छ ।यो परियोजना क्यान्सर विरुद्धको लडाइँ भएको र त्यो लडाइँमा कौर एक ससक्त हतियार भएको फोटोग्राफर ब्रुक इल्बांक बताउँछन् ।प्रदर्शनीमा विश्वका विभिन्न देशका दाह्रीवाल पुरुषहरुका थरि थरिका तस्वीर राखिएका छन् ।








Source : feed update from Nepali Khabar Site http://ift.tt/1sMRuCj

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved