Home » , , » नायिका चौथो विवाहको तयारीमा

नायिका चौथो विवाहको तयारीमा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । चर्चित हलिउड अभिनेत्री तथा गायिका जेनिफर लोपेज चौथो विवाह गर्न लागेको खुलासा गरेकी छन् ।उनले एक अन्र्तवार्तामा आफू प्रेममा रमाउने भन्दै छिट्टै अर्को विवाह गर्ने बताइन् ।अन्र्तवार्ताका क्रममा उनले आफू निकट भविष्यमा नै विवाह बन्धनमा बाधिन लागेको बताएकी हुन् ।



लोपेजले पहिलो पटक सन् १९९७ मा ओजानी नोहाससँग विवाह गरेकी थिइन् । उक्त सम्बन्ध एक वर्षपनि टिकेन ।



नोहाससँग डिभोर्स भएपछि उनले सन् २००१ मा ब्रेक डान्सर क्रिस ज्युडसँग दोस्रो विवाह गरेकी थिइन् । क्रिससँगको विवाहिक सम्बन्ध पनि एक वर्ष भन्दा लामो रहेन । सन् २००४ मा गायक मार्क एन्थनीसँग तेस्रो विवाह गरेकी उनले सन् २००८ मा जुम्ल्याहा बच्चा जन्माएकी थिइन् ।



एनथनीसँग पनि सन् २०११ मा डिभोर्स भएपछि एक्ले बस्दै आएकी थिइन् । उनले चौथो विवाह को सँग गर्न लागेको भन्ने विषय भने गोप्य राखिएको छ ।









Source : feed news from ➭ http://ift.tt/1pwNEyr

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved