Home » , , » चार हातखुट्टाले लेख्ने युवती

चार हातखुट्टाले लेख्ने युवती

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी/ चीनको उत्तरी हेवेई प्रान्तकी २६ वर्षीया चेन सियुआनसँग एउटा अनौठो क्षमता छ । अनुवादकको काम गर्ने उनी आफ्ना दुवै हात र दुवै खुट्टाले एकसाथ लेख्न सक्छिन् ।यतिमात्र होइन, उनी एकैसाथ दुईवटा भाषामा पनि लेख्न सक्छिन् । दुई वर्षअघि एक हातले चिनियाँ र अर्को हातले अंग्रेजी भाषामा एकसाथ लेख्न सक्ने क्षमताका लागि उनी खुबै चर्चित भएकी थिइन् ।



उनले यसलाई अझ विस्तार गरिन् र अहिले थप दुई खुट्टाले पनि लेख्न सक्ने भएकी छन् । अंग्रेजीमा स्नातक गरेकी चेन कविता लेख्न मन पराउँछिन् । र, उनी एकसाथ दुईथरी वाक्य लेख्न सक्छिन् ।चेनका अनुसार यसरी लेख्न उच्चस्तरको ध्यान केन्द्रित गर्नुपर्दछ र यो थकाउने हुन्छ । उनी आशा गर्छिन्, ‘मलाई लाग्छ मेरो यो क्षमताले शिक्षा र वैज्ञानिक अनुसन्धानमा नयाँ परिणाम ल्याउन सक्छ ।’



चेनले स्कुलमा हुँदा शिक्षकले दिने गरेको धेरै अंग्रेजी होमवर्क सक्ने क्रममा यस्तो अद्भूत क्षमता पत्ता लगाएकी थिइन् । उनी भन्छिन्, ‘जब म माध्यमिक तहमा थिएँ, छिटोछिटो होमवर्क सक्न अन्जानवश दुई हातले लेख्न सिकेँ ।’चेनको यस्तो सीपको उनका उत्सुक साथीहरूले नक्कल गर्न खोजे पनि कोही सफल हुन सकेनन् । विस्तारै उनको चर्चा उनी बस्ने सहर, प्रान्त हुँदै विश्वव्यापी भयो ।



डाक्टरका अनुसार चेनको दिमागमा दायाँ र बायाँ हिस्सा जोड्ने भाग आममानिसको भन्दा अधिक विकसित छ । चेन, जसको अर्थ अझ बढी सोच्न भन्ने हुन्छ,ले यो क्षमता निरन्तरको प्रयासबाट विकास गरेकी हुन् ।







Source : feed update from Nepali Khabar Site http://ift.tt/1sEDsT4

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved