Home » , , » चरालाई खुवाउन भन्दै लोग्नेको लास नौ महिनासम्म घरमै:भिडियो

चरालाई खुवाउन भन्दै लोग्नेको लास नौ महिनासम्म घरमै:भिडियो

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एक जना विधवाले आफ्नो लोग्ने मरेको ९ महिनासम्म शव घरमै राखिन् । यति लामो समयसम्म घरमै लास राख्दा कुहिसकेको भएपनि लोग्नेको चाहना अनुसार लास चरालाई खुवाउनका लागि यसो गरेको उनको दाबी छ ।अमेरिकाको इण्डियानाकी इला सोलोमोन नामकी ५४ वर्षीया महिलाले आफ्ना लोग्ने ८८ वर्षीय गेराल्ड गाभानको शव नौ महिनासम्म घरमै राखिरहेकी हुन् । उनको घरमा कुहिएको शव फेला परेपछि उनी विरुद्ध मुद्दा चलेको छ र उनी अहिले सजायको पर्खाइमा छिन् । गएको मे ३ मा प्रहरीले उनको घरबाट उनको लोग्नेको कुहिएको शव बरामद गरेको थियो ।



दोश्रो विश्वयुद्दका लडाकु समेत रहेका उनका लोग्ने गेराल्डको मृत्यु भएको स्थान देखाउनका लागि उनले हालै पत्रकारलाई समेत आफ्नो घरमा लगिन् ।न्यूज नेट फाइभ सँग उनले भनेकी छिन, ‘एउटा मान्छे जसले अमेरिकाका लागि यति धेरै योगदान गर्यो उसले आफुले चाहे अनुसारको मरण पाउनुपर्छ । उहाँले जिवनको एक चक्रको रुपमा रहन आफ्नो सरीर चराले खाउन् भन्ने चाहनुभएको छ ।’‘मेरो लागि दोश्रो योजना उहाँलाई बाहिर लग्नु वा बाहिर मर्न दिनु पथ्र्यो जसका कारण उहाँलाई चराले खान पाउँथे, तर मरण यहाँ भित्र भयो’ उनी भन्छिन् ।



उनले लोग्नेको मरण भएपछि प्रहरीलाई खबर नगरी घरमै लास राखेर कानून विपरितको काम गरेको ठहर सरकारी अधिकारीको छ । मानिस मरेको थाहा पाएपछि वा लास देखेपछि ३ घण्टाभित्रमा प्रहरीलाई खबर नगर्नु अपराध मानिन्छ ।आफुले घरको झ्याल खोलर लोग्नेको लास घरभित्रै राखेको भन्दै उनले झ्यालबाट भित्र छिरेर चराले लोग्नेको लास खाइदेला भन्ने आफ्नो आशा रहेको दाबी उनको छ ।आफ्नो लोग्नेको लास केवल ५ दिनदेखि मात्र त्यहाँ राखिएको भएपछि प्रहरीले ९ महिना अगाडि मरेको र कुहिसकेको बताएको उनको जिकिर छ ।

#WLFI - News 18



Source : feed update from Nepali Khabar Site http://ift.tt/1ueaHQd

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved