भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । सुर्खेत वीरेन्द्रनगरकी दीपाशा बिसी चलचित्र क्षेत्रमा आफ्नो पाइला दह्रो बनाउँदै छिन् । निर्देशक शोभित बस्नेतको चलचित्र ‘दुलही रानी’का केही दृश्यमा अभिनय गरेकी उनी कला क्षेत्रमै रमाउन चाहन्छिन् ।
पाँच वर्ष पहिले नै यौन आनन्द लिएकी दीपाशासँग अहिले जीवन विताउने प्रेमीको अभाव छ ।कला क्षेत्रमा उनले पाँच वर्ष बिताई सकेकी छन् । पाँच वर्षको अन्तरालमा दीपाशाले पचास भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । दीपाशाले अभिनय गरेका आधा दर्जन चलचित्र आइसकेका छन् ।
०६६ मा सफल अभिनेत्री बन्ने सपना सजाएर गाउँबाट काठमाडौं छिरेकी दीपाशाका ‘ओ माइ गढ’, ‘चाल’ चलचित्र प्रदर्शनका क्रममा छन् । पछिल्लो समय भित्रिएका अन्य नव अभिनेत्री जस्तै ग्ल्यामरमा उद्धार देखिएकी दीपाशासँको छोटो कुराकानी ।
चलचित्रमा अभिनय छाड्नु भएको हो ? तपाई म्युजिक भिडियोमा धेरै देखिनु भएको छ ?
होइन, चलचित्र पनि छन् । तर फुर्सदको समय सदुपयोग गरेकी हुँ । कमाइका हिसाबले पनि म्युजिक भिडियो अभिनय राम्रो छ । छिट्टै काम र दाम पनि हुन्छ ।
तपाईको पछिल्लो चलचित्र ‘झेली’ हेर्दा अश्लील लाग्यो नी ?
वास्तवमा त्यो चलचित्र दर्शकतान्नका लागि बनाइएको हो । त्यसैले चलचित्रमा भएको केही दृश्य त्यस्ता छन् ।
नवप्रवेसीले चलचित्र पाउन जौवन दाउमा राख्नु पर्छ ?
खै होला । मैले पनि त्यस्तै सुनेकी छु । तर मेरो हकमा लागू भएन । चलचित्रको अफर ल्याउनेले अफरसँगै बिभिन्न प्रस्ताव नआएका भने होइनन् । त्यस्ता प्रस्तावलाई वास्ता गर्दिन ।
अभिनयको कमाइले खर्च चलाउन पुग्छ ?
कहिले काहीँ पुग्छ । तर कहिले काहीँ नपुगेर घरबाट मगाउनु पर्छ ।
अभिनयमा टिकन अंग प्रदर्शन आवश्यक छ ?
यो गलत हो । अभिनयमा जम्न पहिले क्षमता हुनु पर्दछ । त्यसपछि सुन्दरता आवश्यक छ । ग्ल्यामर त चर्चाका लागि मात्र हो । यो क्षणिक हुन्छ ।
तपाई विवाहित कि अविवाहित ?
अविवाहित ।
विवाह अगाडि यौनसम्बन्ध कतिको आवश्यक छ ?
आवश्यक भन्ने हुँदैन । विवाह पछाडि यौनसम्बन्ध राख्दा धेरै राम्रो । तर मन मिले जहिले पनि यौनसम्बन्ध राख्न सकिन्छ ।
त्यसो भए यौनसम्बन्धको अनुभव छ कि छैन त ?
सेक्सको अनुभव छ । मैले पाँच वर्ष अगाडि प्रेमीसँग यसको अनुभव लिएकी हुँ । तर मसँग रिलेसन बनाउने प्रेमीले अहिले मलाई छोडी सकेका छन् ।
तत्कालै विवाह गर्ने सोँच छ की छैन ?
छैन । आठ, नौ वर्षपछि विहे गर्छु ।
प्रेम परेको छ कि छैन ?
केही पहिले थियो । प्रेमीसँग यौनसम्बन्ध पनि बनाएको थिए । तर अहिले उनले छोडेर गए ।
कुन पहिरनमा तपाई सेक्सी देखिनु हुन्छ ?
साडीमा म सबै भन्दा सेक्सी देखिन्छु ।
तपाईलाई आफ्नो कुन अंग मनपर्छ ?
ओठ मनपर्छ । यो सेक्सी छ भनेर सबैले भन्छन् । मेरो ओठमा लोभिने पनि धेरै भेटेकी छु ।
केटा मान्छेको कुन अंग मनपर्छ ?
आँखा । केटाको आखा नसालु हुन्छ ।
Source : feed news from Nepali Khabar Site http://ift.tt/1owZQ0q
via IFTTT
Loading...
