भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
निर्माता तथा निर्देशक संजय लीला भन्सालीले आफ्नो महत्वाकांक्षि सिनेमा ‘बाजीराव मस्तानी’को लागि मुख्य कलाकार रणवीर सिंह र दिपिका पादुकोणसँग ३०० दिनको समय मागेका छन् ।भन्सालीले यति लामो समय सिनेमाको सुटिङ तथा सुटिङ सुरू हुनु अगाडि गरिने सिनेमाको कार्यशालाको लागि मागेका हुन्।
सञ्जय नजिकका श्रोत अनुसार, ‘रामलीला फिल्मपछि सञ्जय रणवीर-दिपिकासँग धेरै नजिक भएका छन्। उनले उनीहरूसँग आफ्नो सिनेमाका लागि करिब १० महिनाको समय मागेका छन्। सञ्जयले निर्माण-निर्देशन गर्न लागेको यो फरक प्रकारको सिनेमा हो जसका लागि रणवीर-दिपिकाले मार्शल आट्स सिक्नुपर्ने हुन्छ जसका लागि समय लाग्छ।’
मार्सल आर्टसँगै उनीहरूले कथक नाच पनि सिक्नुपर्नेछ। सिनेमामा थुप्रै एक्सन दृश्यहरू रहने छ जसका लागि पनि समय लाग्नेछ । सिनेमा चाडै नै फ्लोरमा जाँदैछ।
Source : feed news from Nepali Khabar Site http://ift.tt/1lkbiHK
via IFTTT
Loading...