Home » » ‘कोहिनुर’ अभिनेता श्रीकृष्ण श्रेष्ठको दिल्लीमा निधन

‘कोहिनुर’ अभिनेता श्रीकृष्ण श्रेष्ठको दिल्लीमा निधन

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


shree12
काठमाडौं, नेपाली फिल्मका अभिनेता श्रीकृष्ण श्रेष्ठको भारतको दिल्लीमा उपचारका क्रममा गएराती निधन भएको छ । उनी निकट निर्देशक आकाश अधिकारीले यस कुराको उहाँको निधनको पुष्टी गर्नु भएको छ ।
गत असारको अन्तिम सातामा आफ्नी पत्नी श्वेता खड्काका साथमा हनिमुन मनाउनका लागी भारत पुगेका चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठलाई निमोनिया भएको थियो । उनी यसका कारण सिकिस्त भएपछि त्यहाँबाट नेपाल फर्किएका थिएनन । उनलाइ सुख्खा खोकी र चिसोका कारण एलर्जी भएको थियो । उनी स्वास्थ्य लाभ गरेपछि मात्र नेपाल फर्किने बताइएको थियो । पहिला खोकीको उपचार गरेर डिस्चार्ज गर्ने बेलामा श्रीलाई निमोनिया देखिएको थियो ।
गत २३ गते शुक्रबारबाट श्रीकृष्णको निर्माणमा बनेको चलचित्र कोहिनुर प्रदर्शनमा आएको थियो । यस चलचित्रको रिलिज तयारी भैरहँदा उनले परिवार तथा फिल्म युनिट संग समेत सम्पर्क नगरेपछि उनको खोजी भएको थियो ।
उनले आफ्नो चलचित्र प्रदर्शन हुनु केही दिन अघि मात्र दिल्लीबाट नै दर्शकहरू तथा शुभ चिन्तकहरूलाई आफ्नो फिल्म ‘कोहिनूर’ हल सम्म गएर हेरिदिनका लागी अनुरोध गरेका थिए । श्रीकृष्ण यस फिल्मका निर्माता पनि हुन ।
मिडिया एनपी उहाँको दुखद निधनमा धेरै धेरै समवेदना प्रकट गर्न चाहन्छ ।
- See more at: http://medianp.com/2014/08/29615/#sthash.QD7621ww.dpuf
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved