Home » , , » नन्दिताको हट अवतार, चलचित्र करिअरमा पहिलो आइटम नृत्य

नन्दिताको हट अवतार, चलचित्र करिअरमा पहिलो आइटम नृत्य

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, श्रावण १६ । नेपाली चलचित्रमा शालिन छवि बनाएकी अभिनेत्री नन्दिता केसीलाई दर्शकले अब ‘हट’ अवतारमा पनि देख्ने भएका छन् । एक दशकभन्दा लामो आफ्नो फिल्मी करिअरमा नन्दिताले पहिलो पटक आइटम नृत्यमा अभिनय गरेकी छन् ।चलचित्र ‘जंगबहादुरको कोट’को आइटम गीत ‘आइ नीड योर लभ बेबी’माफत् नन्दिता हट अवतरमा पर्दामा देखिन लागेकी हुन् । नन्दिता हालै यही गीतमा ठमेलको एक बारमा नृत्य गरिरहेको अवस्थामा भेटिएकी हुन् । गम्भीर विष्टको कोरियोग्राफी रहेको आइटम गीतलाई पुरुषोत्तम प्रधानले खिचेका छन् ।



आशिष भेटवालको ‘डेब्यु’ निर्देशनमा बन्न लागेको ‘जंगबहादुरको कोट’ ‘एक्सन–थ्रिलर’ फिल्म भएको निर्माणपक्षको भनाइ छ । फिल्ममा राणाकालीन जंगबहादुरको विषय भने उठान नभएको जनाइएको छ । यद्यपि, जंगबहादुरको ‘कोट’लाई भने फिल्ममा कुनै अंशको रुपमा प्रस्तुत गरेको निर्देशक आशिषले जनाएका छन् ।जयन खड्काको लगानीमा निर्माण हुन लागेको ‘जंगबहादुरको कोट’मा योगेन खड्काको कथा, अष्ट्रेलियमा चलचित्र विषय पढिरहेका निर्देशक आशिष स्वयंकै पटकथा तथा संवाद रहेको छ । चलचित्रको ३० प्रतिशत छायांकन पनि अष्ट्रेलियामै भएको बताइएको छ ।



अन्तर्राष्ट्रिय रुपमा हुने लागुऔषधको कारोबारलाई चलचित्रको मुख्य विषय बनाइएको छ । चलचित्र छायांकनको काम केही दिनमै सकिने निर्माणपक्षले जनाएको छ ।आइटमा गीतमा नृत्य गरेकी नन्दिताले आफूलाई गीत मन परेकाले यसमा काम गरेको प्रतिक्रिया दिएकी छन् ।चलचित्रमा अनुप बराल, विमलेश अधिकारी, विश्व बस्नेत, सुचित्रा आचार्य, मोहन निरौला, सुवांगी कोइराला, रश्मी भट्टको मुख्य अभिनय रहेको जनाइएको छ ।







Source : feed news from Nepali Khabar Site http://ift.tt/1nTiyPM

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved