Home » , , , , , » बालकको मृत्युपछि गोठाटारमा तनाव, ३ राउन्ड हवाई फायर (भिडियोसहित) ...

बालकको मृत्युपछि गोठाटारमा तनाव, ३ राउन्ड हवाई फायर (भिडियोसहित) ...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, श्रावण २४ । काठमाडौंको गोठाटारमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । गोठाटार–३ दुबोचौरस्थित बालुवाखानीमा बालुवा निकालेर बनेको पोखरीमा डुबेर ११ वर्षका रोजिन शाहीको मृत्यु भएको गोठाटार प्रहरी प्रभागका प्रहरी निरीक्षक दीपक ढुंगेलले जानकारी दिए ।



घटना लगत्तै आक्रोसित स्थानीय बासिन्दाले बालुवाखानीको काउन्टर र डोजरमा आगजनी गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाई फायर गरेको थियो । घटनापछि सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।



पशुपति विकास कोषको जग्गामा बच्चुराम बालुवाखानी प्रालिले बालुवा निकाल्ने क्रममा बनेको खाल्डोमा वर्षातको पानी जमेर पोखरी बनेको थियो । अपरान्ह साढे १२ बजेतिर नुहाउन गएका तीन बालकमध्ये पाटन ठैव घर भइ गोठाटारमा मासु पसल सञ्चालन गरेका रविन शाहीका छोरा रोजिनको मृत्यु भएको हो ।



घटना लगत्तै पुगेको प्रहरीले दिउँसो सवा ३ बजेतिर पोखरी खनेर पानी निकालेपछि बालकको शव फेला परेको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।





Source : feed news from Rochak Sansar : http://ift.tt/V6W81U

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved