भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
गल्र्स नट प्लकिङ देयर आर्मपिट हेयर अर्थात् काखीका रौँ नउखेलेका महिला शीर्षकमा चलेको त्यो प्रतिस्पर्धाले सामाजिक मूल्यलाई चुनौति दिनुका साथै महिलालाई आफ्नो जिउका भुत्ला राख्न उत्प्रेरित गरको बताइन्छ ।सोसल साइटमा रहेको उक्त प्रतियोगिताको पेज अहिलेसम्म २ करोड ८० लाखले हेरिसकेका छन् भने हजारौँ युवतीहरुले आफ्नो तस्वीर अपलोड गरिसकेका छन् ।
समाचार अनुसार यो प्रतियोगिताका आयोजकले उत्कृष्ट १० काखी भुत्ला चयन गर्नेछन् तर विजेतालाई पुरस्कार के हुने भन्ने खुलाइएको छैन ।स्मरण रहोस् महिलाको प्राकृतिक सुन्दरतालाई प्रोत्साहन गर्ने भन्दै इन्टरनेटमा विभिन्न खाले अभियान चल्ने गरेका छन् । गत महिना मात्र टम्बलरमा भुत्लेतिघ्राधारी युवतीको क्लब नै गठन गरिएको समाचार आएको थियो ।अमेरिकाको एरिजोना विश्वविद्यालयका छात्राहरुलाई एक प्राध्यापकले गत महिना अबको एक सेमेष्टर भरि नै काखीका रौँ नकाट्न आग्रह गरेका थिए ।
Source : feed update from Nepali Khabar Site http://ift.tt/1nVn5Bc
via IFTTT
Loading...