भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं,भदौ १५–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा हिन्दूधर्मको प्रचार गरिरहेका दुई बंगलादेशीसँग नेपाली नागरिकता भेटिएपछि सुरक्षा अधिकारीहरु झस्किएका छन् । १९ साउनमा प्रहरीले बिशेष सुराकीका आधारमा हमाईस इस्लाम र रियल मियाँसँग नेपाली नागरिकता भेटेको हो ।
आजको नयाँ पत्रिका दैनिक आफ्नो समाचारको अगाडि लेख्छ–पशुपति मन्दिरबाट पक्राउ परेका बंगलादेशी नागरिक इस्लाम र मियाँले बाँकेको कटरकुइया गाविस–४ बाट नेपाली नागरिकता लिएका थिए । इस्लामले जाहिर अली साई र मियाँले असगा अली साईको नाममा नागरिकता लिएका हुन् । नेपाल प्रहरीको बिशेष व्युरोले उनीहरुको पृष्ठभूमि अनुसन्धान गरिरहेको छ । नेपाली नागरिकता लिनुको उद्देश्य शंकास्पद भएको,तर खुल्न नसकेकाले उनीहरुमाथि अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताए ।
गत बैशाखमा पक्राउ परेका बर्मेली नागरिक शंकरप्रसाद गुरागाइँ तथा भारतीय नागरिक सुरेश अधिकारीसँग नेपाली नागरिकता भेटिएको थियो । भारतमा आतंकवादी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरुले झापा जिल्ला प्रशासनबाट नेपाली नागरिकता लिएका थिए । गुरागाईले झापाको बनियानी–४ बाट तथा भारतको मणिपुर सेनापति घर भएका अधिकारीले सतासीधाम–९ बाट नेपाली नागरिकता लिएका हुन् ।रातोपाटीबाट
Source : feed news from Khabar Pana | Online News and Entertainment http://ift.tt/1ncK6Mc
via IFTTT

Loading...