भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
यदि तपाईंसँग गाडी छ भने ड्राइभर पनि पक्कै राख्नु भएको होला अथवा त्यसलाई आफैँले चलाउनुहुन्छ होला तर यदि तपाईंलाई हामीले कार चलाउनका लागि ड्राइभरको आवश्यक पर्दैन भन्यौँ भने तपाईंको प्रतिक्रिया कस्तो होला ? यसमा तपाईंहरु अचम्म नमान्नुहोस्, अर्को वर्ष ब्रिटेनको सडकमा ड्राइभर बिनाको गाडीहरु कुदनेछन् ।
युके सरकारले आफ्नो सडकमा ड्राइभरलेस कारको टेस्टिङका लागि सकारात्मक कदम उठाएको छ । बिजनेस सेक्रेटरी विन्स केबलले गत बुधबार ड्राइभरलेस कारहरुको अनुसन्धानका लागि १० मिलियन पाउन्ड फन्ड दिने घोषणा गरेको छ । उनले भने कि उनका देशका वैज्ञानिक र इन्जिनियरहरुले यो क्षेत्रमा निकै राम्रो काम गरिरहेका छन् । उनका अनुसार अबको ६ महिनामा यस्तो कार सडकमा चल्नेछन् । यसको टेस्टिङका लागि तीन शहरहरुलाई छानिएको छ जहाँ सन् २०१५ को जनवरीदेखि टेष्ट ड्राइभ सुरु हुने बताइएको छ ।
टेष्ट ड्राइभ १८ देखि ३६ महिनासम्म चल्नेछ । त्यहाँका अधिकारीहरुले लण्डनको तत्काल सडकहरुको राम्रोसँग समिक्षा गर्न पनि सुरु गरिसकेका छन् । ड्राइभरलेस कारलाई कन्ट्रोलमा राख्नका लागि एक निकै सिपालु ड्राइभर जसलाई त्यसको सबै सेटिङको बारेमा जानकारी हुन जरुरी छ । वेन्स केवलका अनुसार लण्डनको सडकमा रोबोट कारको अपार सम्भावना रहेको छ । यसले यहाँको सवारी सञ्जाललाई परिवर्तन गरिदिने छ । यसबाट सडक दुर्घटनाको सम्भावना पनि कम हुने छ । यसका साथसाथै यसले भिडभाडलाई समेत कम गर्ने भएका कारण ट्राफिक म्यानेजमेन्ट गर्न पनि मद्दत गर्नेछ । (एजेन्सी)
Source : feed news from Khabar Pana | Online News and Entertainment http://ift.tt/1sckbrO
via IFTTT
car |

Loading...