Home » » होशियार : संभोग मागेर दोष कटाउने ज्योतिषसगँ ,हात हेर्ने ज्योतिष यौन कार्यमा

होशियार : संभोग मागेर दोष कटाउने ज्योतिषसगँ ,हात हेर्ने ज्योतिष यौन कार्यमा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


माङ्गलिक भन्दै युवतीको भोग माग्दै
काठमाडौं । हिन्दु धर्ममा आस्था राख्ने सर्वसाधरणहरु ज्योतिषको विश्वास गर्छन । ज्योतिषहरुको गेरु वत्रलाई नै विश्वास गर्दा आम सर्वसाधरणहरु ठगिने क्रम रोकिएको छैन् । पछिल्लो पटक कथाकथित एक ज्योतिषले विभिन्न ग्रह, दशाका नाममा अनैतिक क्रियाकलाप गरेको पर्दाफास भएको छ । राजधानीको उपत्यका भित्र अर्काको ग्रह, दशा हेरेर करोडपति भएका उदाहरणहरु हामी सामु सामान्य बन्दै गएको बेला ग्रह दशाको निउँ पारी यौन कार्य गर्न लगाए पछि यस्तो कुरा पर्दाफास भएको हो ।
नयाँ वानेश्वर चोकको पानी ट्याङ्की अगाडि रहेको श्री महाकाली ज्योतिष तथा हस्तरेखा विज्ञान केन्द्रमा युवा ज्योतिष हरि खरेलको धन्दा यतिबेला यस्तै रहेको रहस्य अभियान टाइम्स साप्ताहिकले फेला पारेको हो । आफुलाई ठुलो ज्योतिष गुरु बताउने हरि खरेलको धन्दा चिना, ग्रह र हात हेर्ने भनी आउने युवतीलाई विभिन्न बहाना रचि यौन कार्यमा सम्लग्न गराउने गरेपछि यस्तो कुरा बाहिर आएको हो । ३ वर्ष अगाडि एक विवाहित महिलालाई ग्रह, दशा हेर्र्ने क्रममा तपाईको सौता पर्ने माङ्गलीक ग्रह छ यदि दोष कटाउने हो भने म ठीक पार्छु भनेपछि ति महिला त्यहाँबाट एकाएक भागेकी थिइन । आफुुसँगै करोडौको गाडी भएकोले काठमाडौं भन्दा बाहिर लगेर युवतीहरुलाई उनले यौन धन्दामा सम्लग्न गराउन बाध्य गराउने गरेको अर्की एक युवतीले नाम परिवर्तन सविना (२४ वर्षे)ले अभियान टाइम्स साप्ताहिकसँग मुख खोलीन । हामी एक हप्ता अगाडि शान्तिनगर बाट ३ जना गएको तर सबैलाई फरक दिन र फरक समयमा ग्रह, दशा काट्न बोलाए लगत्तै एक युवतीसँग सिधै २ विवाहको योग छ माङ्गलीक ग्रह काट्न म सँग भोग गर्नुपर्छ भनेपछि उनको अनैतिक चरित्र बाहिरिएको हो ।
सोझा र सरल आमा, दिदी बहिनीहरुलाई आफु भगवानको अवतार भएको समेत बताउन पछि नपर्ने कथाकथित डा.को समेत उपाधी नाम आगाडि प्रयोग गर्ने गरेको रहस्य खुलासा भएको छ । कथाकथित ज्योतिष खरेलले केहि वर्ष देखि धेरै महिला र युवतीहरुको इज्जत लुटेकाले ती महिलाहरु कानुनी उपचार गर्ने तयारीमा रहेको जानकारीमा आएको छ । समाचार स्रोतका अनुसार आफ्नो प्रचार आफै गर्दे होडिङ वोर्डमा कम उमेरमै मुलुक भित्र र बाहिर समेत प्रसिद्धी कमाउनु भएको भनिएको छ भने सयौं संघ संस्थाले सम्मान गरेको समेत वोर्डमै उल्लेख गरिएको छ । नेपाल, भारत लगायतका मुलुकका ख्याती प्राप्त नायक नायिका, गायक, गायीका, राजनेता, व्यापारीहरुलाई समेत विभिन्न वाहानामा ग्रह, दशाकै नामबाट रकम असुल्ने गरेको पिडितहरुको भनाई छ ।
मानिस ल्याउन नसके चीना, टिपन, हस्त रेखा हुँदै युवतीहरुको अनुहार समेत हेरेर भाग्य फल बताउँदै ठगी धन्दा चलाएका खरेल माथि छानविन हुनुपर्ने देखिन्छ । युवतीहरुसँग यौन धन्दा गर्नका लागि धुलीखेल सम्म पुगेको स्रोतको दाबी छ । महिलाहरुको मासिक गडबढी देखि मानसिक, दम, हातगोडा, सुगर, सेतोपानी वग्ने लगायतको रोग समेत आर्युवेदिक तथा जडीबुटीबाट निको पारिने भन्दै ठगी धन्दा चलाईरहेकाले समयमै कथित ज्योतिष खरेललाई कानुनी कठघरामा उभ्याउन जरुरी छ । अभियान टाइम्सबाट
- See more at: http://www.newsabhiyan.com/?p=5257#sthash.JHfDtjwg.dpuf
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved