Home » , » मोदीलाई देखाउनलार्इ रोपिएका बिरुवा मर्दै

मोदीलाई देखाउनलार्इ रोपिएका बिरुवा मर्दै

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं : अघिल्लो दिन फोहोर र झारले भरिएको सडक किनारामा भोलिपल्ट रूखका बिरुवा रोपिएको देखेपछि तीनकुनेका बासिन्दा र पैदलयात्री अचम्ममा परेका थिए। ती बिरुवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई देखाउनका लागि रोपिएका थिए।



सरकारले झारा टार्ने र एक दुईदिन देखाउने मनसायले रातारात रोपेका ती बिरुवा आवश्यक संरक्षण अभावमा मर्न थालेका हुन्। मोदीको स्वागत तथा तयारीका लागि गत शनिबार (यही साउन १७ गते) प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक सकिएलगत्तै मुख्य सचिव लीलामणि पौड्‍यालले काठमाडौं उपत्यका विकास प्राधिकरणका जिल्ला आयुक्त डा. भाइकाजी तिवारीलाई रातारात भए पनि तीनकुनेमा बिरुवा रोप्न निर्देशन दिएका थिए। मोदी साउन १८ मा काठमाडौं आई १९ गते फर्केका थिए।




पौड्‍यालको निर्देशनलगत्तै तिवारीले कीर्तिपुरस्थित बुढाथोकी नर्सरीबाट बिरुवा मगाएर रोप्न लगाएका थिए। फोहोर र अव्यवस्थित सडकलाई हरियाली देखाउन सरकारले रूख रोपे पनि रेखदेख अभावमा ती बिरुवा मर्न थालेका छन्। पूर्वयोजनाबिना मोदीलाई देखाउन रोपिएका बिरुवा मर्न थालेपछि प्राधिकरण नयाँ रोप्ने योजनामा छ। आवश्यक पूर्वाधारसहित व्यवस्थित आइल्यान्ड नभएको स्थानमा बाटोमै खनेर रूख रोपिएका कारण मर्न थालेको प्राधिकरणका अधिकारी स्वीकार्छन्।



बुढाथोकी नर्सरीबाट मगाइएका एक सय २५ वटा अति महँगो मानिने पयाँलो, माइकेनिया चम्पा, ल्याइबेर सोनिया, चाइनिज कल्की, श्यामखोडा, जापानिज धुपीलगायत जातका बिरुवा रोपिएका थिए। ती बिरुवाको न्यूनतम मूल्य एक हजारदेखि एक हजार चार सय रुपैयाँसम्म पर्छ।



भारतिय प्रधानमन्‍त्री नरेन्‍द्र मोदीलाई देखाउन तीनकुने सडक किनारमा हतारमा रातारात रोपिएका बिरुवा आवश्यक संरक्षणको अभावमा मर्न थालेका हुन्। रोपिएका १२५ बिरुवामध्ये ३४ वटा मरिसकेका छन्।

प्राधिकरणले १७ गते साँझदेखि रातिसम्म तीनकुने सडक किनारमा झन्डै दुई लाख मूल्यबराबरको बिरुवा नर्सरीकै कर्मचारीलाई रोप्न लगाएको थियो। रोपिएका बिरुवावापत नर्सरीले भुक्तानी पाएको छैन।



प्राधिकरणका प्रमुख तिवारी भन्छन्, 'हतारमा रातारात रोपियो, केही बिरुवा मरेका छन् भन्‍ने जानकारी आएको छ। आवश्यक गोडमेल र रेखदेख अभाव भएकै हो।'प्राधिकरणले बिरुवा संरक्षणका लागि कर्मचारी खटाउने कुनै संयन्त्र बनाएको छैन। 'हामीले सडकमा आइल्यान्ड राख्‍ने तयारी पनि गरिरहेका थियौं, मोदीको भ्रमणसँगै त्यो काम रोकियो', तिवारीले भने, 'मरेका बिरुवाको पैसा हामी तिर्दैनौं, नर्सरीलाई नै पुन: रोप्न लगाउँछौं।'



बुढाथोकी नर्सरीका प्रबन्धक श्रीराम थापाले हतारमा रोपिएका कारण अधिकांश बिरुवा ओइलाएको र केही मरेको जानकारी दिए। उनका अनुसार माटो परीक्षणबिना नै खाल्डो खनेर बिरुवा रोपिएको थियो। बिरुवा रोप्नुअघि माटो ठीक छ वा छैन भनेर परीक्षण गर्नुपर्छ।



उनले भने, 'हामीले बिरुवा रोप्ने जिम्मेवारी मात्र पाएका हौं। रेखदेख र गोडमेलको जिम्मेवारी प्राधिकरणको हो। मरेका बिरुवाको स्थानमा हामीले आफैं घाटा खाएर अर्को बिरुवा दिन सकिन्‍न। अन्नपुर्ण पोस्टमा प्रकाशित छ ।



Source : feed news from Khabar Pana | Online News and Entertainment http://ift.tt/1ugO8KD

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved