Home » » गायिका सुनिता दुलाल भन्छिन्,‘बिहेको प्रस्तावले हैरान छु’,,,,,,

गायिका सुनिता दुलाल भन्छिन्,‘बिहेको प्रस्तावले हैरान छु’,,,,,,

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

गायिका सुनिता दुलाल हमेसा व्यस्त हुन्छिन् । कार्यक्रमका लागि विदेश गइरहने गायिकामा उनको नाम अग्रपंक्तिमा आउँछ । बिहीबार मात्रै उनले कतारमा हुने कार्यक्रमका लागि सम्झौता गरिन् । तिजका लागि 
क्यानडा जाने कार्यक्रम त पहिले नै तय भइसकेको छ ।
यस्तो व्यस्तताको बीचमा पनि उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनको आफ्नै वेभसाइट सुनिता दुलाल डटकम,फेसबुक,ट्विटर,गुगलप्लस र युट्यवमा पनि उनी अपडेट भइरहन्छिन् । सामाजिक सञ्जालमध्ये फेसबुकमा बढी सक्रिय हुने दुलाल फेसबुकमा भन्नेदेखि बिहेका लागि सोझै प्रस्ताव गर्ने हैरान छिन् । भन्छिन्‘आइ लभ यु भन्नेदेखि विहेका प्रस्ताव पनि म्यासेजमा आउँछन् । म सिंगल भएकिले यस्तो म्यासेज आउनु स्वभाविक पनि हो ।’उनले यस्ता विहे र प्रेम प्रस्तावका म्यासेजको खोलो नै लाग्ने गरेको बताउँदै त्यस्ता म्यासेजलाई आफुले बास्ता नगर्ने बताइन् ।
 ‘म अनावश्यक म्यासेजको वास्ता गर्दिनँ । कतिले मलाई एड मि भनेर पठाउनुहुन्छ । तर मैले व्यक्तिगत एकाउन्टमा सिमित साथीलाई मात्र एड गर्छु । कतिपयले लामो कुरा लेखेर मयसेज गर्नुहुन्छ । त्यस्ता म्यासेजचाहिँ हेर्ने फुर्सद हुँदैन’दुलाल भन्छिन् । आजको नयाँ पत्रिका दैनिकमा ‘फेसबुकबाटै बिहेको प्रस्ताव राख्छन्’ शीर्षकमा उनीसँगको फेसबुक सम्बाद प्रकाशित भएको छ । 
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved