भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं : पशुपति परिसरमा रहेको भण्डारखालमा छैटौं शताब्दीको त्रिशूल र टाउकोमात्र चिनिने बसाहाको चित्रांकित पुरातात्त्विक सामग्री (स्ट्याप्म) भेटिएको छ।
यो अभिलेखलाई पुरातत्त्वविद्हरूले अंशुवर्माको अभिलेखसँग मिल्ने भन्दै छैटौं शताब्दीको अन्त्य वा सातौं शताब्दीको सुरुतिरको हुन सक्ने बताएका छन्।
पशुपति क्षेत्रको ऐतिहासिक विकासक्रम पत्ता लगाउने उद्देश्यले बेलायतस्थित दुर्हाम विश्वविद्यालय, पुरातत्त्व विभाग र पशुपति क्षेत्र विकास कोषबीच पाँचवर्षे उत्खनन सम्झौता भएबमोजिम तीन सातादेखि भण्डारखाल क्षेत्रमा पुरातात्त्विक अन्वेषण कार्य भइरहेको छ। उत्खननमा संलग्न विश्वविद्यालयका उपकूलपति प्राध्यापक रोबिन कोनिङहमले भने, 'पाँचवर्षे नमुना परियोजनाको यो पहिलो महत्त्वपूर्ण उपलब्धि हो। केही दिनअघि यो स्ट्याम्प (माटोको भाँडो पोल्नुअघि सिक्काको छाप लगाउन प्रयोग गरिने सामग्री) फुटेको अवस्थामा फेला परेको थियो।'
उनका अनुसार माटोको फुटेको भाँडामा लिच्छवीकालीन अक्षरसहित उभिएको नन्दी अंकित छ। यो पनि सोही समयको हुनसक्ने उनको भनाइ छ। एक महिनादेखि खटिएको पुरातत्त्वविद्हरूको टोलीले भण्डारखाल, कैलाश, मृगस्थली, हंसमण्डप र विश्वरूप क्षेत्रमा पुरातात्त्विक अन्वेषणका लागि सर्वेक्षण गर्दै आएको छ। दुई साताअघि भण्डारखालमै लिच्छवीकालीन पोखरी र माटोको सिक्का भेटिएको थियो।
थप अन्वेषणका लागि ती क्षेत्रका ६० ठाउँमा सांस्कृतिक वस्तुहरू र प्राचीन मानवीय क्रियाकलापको अध्ययन गर्न औगरिङ गरिएको नमुना परियोजनाका निर्देशक कोषप्रसाद आचार्यले जानकारी दिए। उनले भने, 'उत्खननबाट भूदृश्यमा पुनरोत्थानका लागि पशुपतिले खेलेको भूमिकाको पनि पहिचान गर्नेछौं।'
पशुपति परिसरमा हाल देखिने पुरातात्त्विक सम्पदा, मन्दिर तथा सत्तल १७ औं र १८ औं शताब्दीमा निर्माण भएको कोषका सदस्यसचिव डा. गोविन्द टन्डनले बताए। उनले भने, 'तर केही अभिलेखीय तथा ऐतिहासिक प्रमाणका आधारमा मूर्त सम्पदाहरू चौथो शताब्दीदेखि नै अस्तित्वमा रहेको पाएका छौं। अझ पाँचौं शताब्दीदेखिका राजाहरू यस क्षेत्रसँग प्रत्यक्ष संलग्न भएको पनि पाइएको छ।'
परियोजनाले पशुपति परिसरका सांस्कृतिक वस्तुहरूको पहिचान गर्ने, त्यस क्षेत्रको भौतिक विकासका लागि मार्गदर्शन तयार गर्ने र प्राचीन सभ्यताबारे जानकारी लिन प्राप्त वस्तुको वैज्ञानिक ढंगले मिति उल्लेख गर्नेलगायतका काम गर्नेछ। विभागका महानिर्देशक भेषनारायण दाहालले हालसम्म भेटिएका पुरातात्त्विक सम्पदा हेर्दा अझ अघिको किराँत, गोपाल र महिषपाल कालीन सम्पदा पनि भेटिन सक्ने बताए।
दाहालले प्राप्त पुरातात्त्विक अभिलेखीय स्रोत र प्रमाण एकै ठाउँमा राखी अभिलेखीकरण, फोटोग्राफी र शिलालेखको उतार वैज्ञानिक ढंगले गरिने जानकारी दिए। अन्नपूर्णपोस्ट
Source : feed news from Khabar Pana | Online News and Entertainment http://ift.tt/1Axjqyr
via IFTTT

Loading...