भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
यसले तपाइँको छालालाई तन्काइदिन सक्नेछ तर यदि तपाइँ कुनै मनुष्य-स्पर्शको भोको हुनुहुन्छ भने यी फर्निचर तपाइँका लागि अति उत्तम बन्नेछन् ।एकजना बेलायती डिजाइनर गिगी बार्करले मानिसको मांशपेशीकै स्पर्शको आभाष दिलाउने कुर्सी तथा स्टूल तयार पार्न सफल भएका छन् ।यी कुर्सी तथा सोफामा बस्दा साँच्चीकै मानिसको मासुको थुप्रो अझ भनौँ मोटे मान्छेको भुँडीमाथि बसेजस्तै आभाष हुनेछ ।छालाको सरीर शीर्षकको आफ्नो परियोजना अन्तरगत उनले यस्ता कुर्सी तथा स्टूल तयार पारेकी हुन् । जुन परियोजनामा उनले मानिसको छालाको सतहको खस्रोपना तथा सरीरको आकारका विषयमा अध्ययन गरेकी थिइन् साथै उनले जिउमा मासुको आयतका बारेमा पनि अध्ययन गरिन् ।
उनका यी विशेष फर्निचरमा बस्दा मानिसको जिउले स्पर्श गरेजस्तो त हुनेछ नै मानिसको जिउृबाट आउने विशेष बासना समेत आउनेछ । किनकी यसमा त्यस्तै प्रकारको विशेष रसायनको प्रयोग गरिएको छ ।यो कुर्सीमा बसेर स्टूलमा खुट्टा राख्दा अवश्यपनि आत्मीयताको भावना जागृत हुने र जिउ तथा कुर्सीको सतहबीच विशेष सम्पर्क कायम हुने दाबी उनको छ । एउटा कुसी र स्टूल सेटको मूल्य २ हजार ३ सय ८० पाउण्ड राखिएको छ ।
Source : feed update from Nepali Khabar Site http://ift.tt/1s5uDSY
via IFTTT
Loading...