भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
पहिलो रोजाईका मिडफिल्डर सामी केडिरालाई चोटका कारण खेल सुरुहुनु केहि मिनेटअघि मात्र गुमाएको जर्मनीले उनको स्थानमा मैदानमा ओर्लिएका क्रिस्टोफ क्रेमर पनि चोट बोक्दै ३२ औं मिनेटमै बाहिरिए । उनको स्थानमा आन्द्रे सर्ले खेलेपछि जर्मन टिम अझ आक्रमक देखिएको छ । बल पोजेसनमा पनि जर्मनीकै आधिपात्य छ । निरन्तर आक्रमण पनि गर्यो । तर, चाहिएको गोल निकाल्न सकेको छैन ।
सर्लेको पावरफुल शट अर्जेन्टिनी किपर सर्जियो रोमेरोले बचाए । बेनेडिक्ट होवेड्सको हेडरमा बल पोलमा लोगेर फर्किदा जर्मनी पहिलो हाफमै अग्रता लिनबाट चुक्यो । त्यसअघि नै अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुइनले गोलका सुन्दर अवसरमा बल बाहिर प्रहार गरेका थिए । अर्जेन्टिनी कप्तान लियोनल मेसीको स्पिडले जर्मन डिफेन्डर म्याट्स ह्युमेल्सलाई बारम्बार दुख दिइरहेको छ । यस्तोमा काउन्टर अट्याकमा अगाडि बढ्ने अर्जेन्टिनी रणनीति राम्रै देखिएको छ ।
- See more at: http://worldcup.ekantipur.com/news.html?news=676&ln=np#sthash.Pd03IkH5.dpufसर्लेको पावरफुल शट अर्जेन्टिनी किपर सर्जियो रोमेरोले बचाए । बेनेडिक्ट होवेड्सको हेडरमा बल पोलमा लोगेर फर्किदा जर्मनी पहिलो हाफमै अग्रता लिनबाट चुक्यो । त्यसअघि नै अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुइनले गोलका सुन्दर अवसरमा बल बाहिर प्रहार गरेका थिए । अर्जेन्टिनी कप्तान लियोनल मेसीको स्पिडले जर्मन डिफेन्डर म्याट्स ह्युमेल्सलाई बारम्बार दुख दिइरहेको छ । यस्तोमा काउन्टर अट्याकमा अगाडि बढ्ने अर्जेन्टिनी रणनीति राम्रै देखिएको छ ।
Loading...
