Home » » जर्मनी चौथो पटक विश्व च्याम्पियन

जर्मनी चौथो पटक विश्व च्याम्पियन

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

जर्मनी चौथो पटक विश्व च्याम्पियन
रियो दि जेनेरियो-सब्स्टिच्युट मारियो गोत्जेले अतिरिक्त समयमा गोल गरेपछि जर्मनीले १-० ले अर्जेन्टिनालाई फाइनलमा हराएर सोमबार चोथोपल्ट विश्वकप फुटबलको उपाधि जितेको छ । अर्का सब्स्टिच्युट आन्द्रे सर्लेको क्रसमा छातीले नियन्त्रण गरेपछि गोत्जेले प्रहार गरेको 'भली'मा सुन्दर गोल निस्किएको थियो ।
एक सय १३ औं मिनेटमा भएको त्यो गोल जर्मनीलाई २४ बर्षपछि विश्वकप जिताउन पर्याप्त भयो । 'जर्मन मेसी' पनि भनिने गोत्जे ८८ औं मिनेटमा विश्वकपमा कीर्तिमान १६ गोल गरेका मिरोस्लाभ क्लोजको स्थानमा मैदानमा प्रवेश गरेका थिए ।
निर्धारित ९० मिनेट रोमाञ्चक रह्यो । दुवै टिम आक्रमक देखिए । तर, गोल भने भएन । अधिकांश समय जर्मनीले बल नियन्त्रणमा राख्यो । उसले मुभ पनि बुन्यो । तर, गोलका राम्रा अवसर भने अर्जेन्टिनाले सिर्जना गर्‍यो । पहिलो हाफमा गोन्जालो हिगुइन तथा दोस्रो हाफमा कप्तान लियोनल मेसी र सर्जियो पालासियोले गोलका स्वणिर्म अवसर उपयोग गर्न नसकेपछि अर्जेन्टिना सन् १९९० को तनावपूर्ण फाइनलमा तत्कालीन पश्चिम जर्मनी (पछि पश्चिम र पूर्वी जर्मनी एउटै देशमा परिणत भएको) सँग बेहोरेको हारको बदला लिन असफल भयो ।
जर्मनी पहिलोपल्ट १९५४ मा विश्वकप च्याम्पियन भएको थियो । त्यसपछि उसले १९७४ र १९९० मा जित्यो । र, अहिलेको सफलतासँगै जर्मनी चौथोपल्ट च्याम्पियन भयो । इटालीले पनि चारपल्टै विश्वकप जितेको छ । यसपल्टको आयोजक ब्राजिल सर्बाधिक ५ पल्टको च्याम्पियन हो ।
जर्मनी दक्षिण अमेरिकी भूमिमा विश्वकप जित्ने पहिलो युरोपेली टिम पनि बन्यो । सर्बाधिक आठपल्ट फाइनल खेल्ने क्रममा जर्मनीको सबैभन्दा राम्रो पक्ष 'टिम वर्क' देखियो । उसका खेलाडीको प्रदर्शन प्रत्येक पोजिसनमा अब्बल रह्यो । सेमिफाइनलमा ब्राजिलविरुद्ध ७-१ को जित निकालेको उसले फाइनलमा अर्जेन्टिनाको भने कडा चुनौती बेहेार्नुपर्‍यो ।
बहुचर्चित रंगशाला 'माराकाना'मा भएको फाइनल अहिलेको विश्वकै सर्बोत्कृष्ट फुटबलर मेसीविरुद्ध जर्मन टिमजस्तै रह्यो । तर, चरापल्टका फिफा बर्ष खेलाडी मेसीले अर्जेन्टिनालाई 'लिजेन्ड' डिएगो म्याराडोनाले २८ बर्षअघि दिलाएको सफलताको पुनरावृत्ति गर्न सकेनन् । म्याराडोनाको उत्कृष्ट खेलसँगै अर्जेन्टिना १९८६ को फाइनलमा जर्मनीलाई ३-२ ले हराएर दोस्रोपल्ट विश्वकप विजेता भएको थियो ।
उही म्याराडोनाको टिमसँग १-० ले बदला लिदै जर्मनी १९९० मा च्याम्पियन भएको थियो । त्यसबेला जर्मनीले विवादास्पद पेनाल्टीमा निर्णायक गोल गर्‍यो भने अर्जेन्टिनाका दुई खेलाडीलाई मेक्सिन रेफ्रिले रातो कार्ड देखाएका थिए । त्यसको बदला अर्जेन्टिनाले मेसीको प्रेरणामा माराकानामा लिने अपेक्षा गरिएको थियो । तर, त्यो संभव भएन । अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा हरोको यो तेस्रो अवसर हो ।
व्यक्तिगत पुरस्कार
गोल्डेन बल
लियोनल मेसी, अर्जेन्टिना
गोल्डेन बुट
जेम्स रोडि्रग्वेज, कोलम्बिया
उत्कृष्ट गोलकिपर
म्यानुएल नोय, जर्मनी
उत्कृष्ट युवा खेलाडी
पउल पोग्बा, फ्रान्स
- See more at: http://worldcup.ekantipur.com/news.html?news=678&ln=np#sthash.Q9G9mp5c.dpuf
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved