भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
तपाईंको घर सानो छ ? यहाँ हामी तपाईंलाई घरको सामान राख्नका लागि केहि तरिकाहरु बताउँदै छौँ जसले तपाईंको घरलाई ठूलो र सुन्दर देखाउन मद्दत गर्दछ ।
- जरुरी सामानहरुलाई राखेर अनावश्यक सामानहरुलाई बाहिर निकालेर कुनै स्टोर रुम अथवा भर्याङ मुनी राख्ने गर्नुभयो भने पनि यसले ठूलो ठाउँ देखाउन मद्दत गर्दछ । घरमा आवश्यक वस्तुहरुलाई राम्रो तरिकाले राख्नुहोस् र जुन अनावश्यक छ, त्यसलाई फ्याँकिदिनुहोस् ।
- भित्तामा जोडिएका दराजहरु बनाउनुहोस्, यसले घरको सामानहरु एकत्रित हुन मद्दत गर्दछ ।
- कुनै पनि कला आँखालाई शितल प्रदान गर्ने र मनलाई शान्त पार्न मद्दत गर्दछ । परम्परा झल्काउने, समकालिन अथवा हातबाट बनाइएको वा सडकको किनाराबाट किनिएको वस्तुहरुले तपाईंको घरको खाली कुना अथवा भित्ताहरुलाई निकै राम्रो हुन सहयोग गर्दछ ।
- आफ्नो घरको कोठाहरुको सिलिङलाई पनि गाडा रङ लगाएर रङ्गाउनुहोस् ।
- तपाईं कोठाहरुमा फेसनेबल वालपेपरहरु पनि लगाउन सक्नुहुनेछ ।
- सामानलाई छुट्टाछुट्टै राख्नका लागि कुनै टोकरी र बक्सको प्रयोग गर्नुहोस् । यसो गर्नाले तपाईंको सामानहरु केवल व्यवस्थित मात्र नभई तपाईंको घर पनि सफा हुनेछ ।
के गर्नुहुँदैन ?
- ठूला–ठूला डिजाइन भएका कुसन अथवा पर्दाहरुको प्रयोग नगर्नुहोस् । यसो गर्नाले तपाईंको घर अझ अव्यवस्थित देखिन्छ ।
- फर्निचरको कम प्रयोग गर्नुहोस् । जुन प्रयोग हुँदैनन् त्यसलाई प्रयोग गर्दै नगर्नुहोस् ।
- कहिले पनि त्यस्ता सामानहरु नकिन्नुहोस् जसलाई तपाईं सहि ढंगबाट प्रयोग गर्नुहुन्न ।
- सबै सामानहरुलाई जम्मा गर्ने काम नगर्नुहोस् । तपाईंलाई आवश्यक नहुने कुराहरु बाहिर निकाल्नुहोस् ।
- यदि तपाईंको कोठा सानो छ भने ठूला चित्र भएका तस्बिरहरु नलगाउनुहोस् ।
- आफ्नो सामानहरुसँग बहुआयमिक हुनुहोस् र आफ्नो कोठलाई सन्तुलन रुप प्रदान गर्नुहोस् । एजेन्सी/ratopati
from Nepali Khabar Site http://ift.tt/1Alw5EE
via IFTTT
Loading...
