भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
विश्वकप र सेक्सका बीच अन्योन्याश्रित सम्बन्ध रहदै आएको छ। विश्वकपको २० औ संस्करण चरमोत्कर्षमा पुग्दा सेक्सले पनि निकै चर्चा पायो। एडिडासले बनाएकोसेक्स टिसर्टबाट सुरु भएको विश्वकपको सेक्स यात्राले खेलाडीको सेक्स बहससम्म आइपुग्दा पनि थकाइ मार्न पाएको छैन।
फुटबलको महाकुम्भलाई अविस्मरणीय बनाउन खेलकुद सामग्री उत्पादक कम्पनी एडिडासले पनि विशेष व्यवस्था गरेको थियो। उक्त टिसर्टमा महिलालाई बिकिनीमा प्रस्तुत गरिएको छ। टिसर्टको विरोध गर्नेहरूको सूचीमा ब्राजिलकी राष्ट्रपति डिल्मा रौसेफसमेत सामेल थिइन्।विरोपछि एडिडासले पनि उक्त टिसर्टको उत्पादन रोकेको थियो। एडिडास विश्वकपको आधिकारिक प्रायोजकमात्र नभएर विश्वकपको आधिकारिक बल उत्पादक कम्पनीसमेत हो।
विश्वकपमा खेलाडीको यौनसम्पर्कको विषयले हरेक विश्वकप फुटबलमा चर्चा पाउने गरेको छ। प्रतियोगिताका क्रममा खेलाडीलाई यौनसम्पर्क गर्न दिनुहुन्छ वा हुँदैन भन्ने विषयमा ठूलै वादविवाद हुने गरेको छ। यो विषयमा विभिन्न टोलीका प्रशिक्षकको पनि आआफ्नै धारणा राख्दै आएका छन्। ब्राजिल विश्वकपमा पनि खेलाडीलाई यौनसम्पर्क गर्न दिनुपर्छ भन्ने मान्यता राख्ने प्रशिक्षकको संख्या नै अधिक देखिएको छ। यौनसम्पर्क राख्न दिनुपर्छ भन्नेमा इङ्ल्यान्ड, नेदरल्यान्ड्स, जर्मनी, अस्ट्रेलिया, ब्राजिल, स्विट्जरल्यान्ड, स्पेन, अमेरिका, उरुग्वे, इटाली, कोस्टारिका, फ्रान्स र नाइजेरिया गरी १३ टिमका प्रशिक्षक छन्।
क्वार्टरफाइनलसम्म पुग्दा यो कुरा पनि पुष्टि भयो। यौनसम्पर्कका लागि छुट पाएकामध्ये नेदरल्यान्ड्स, जर्मनी, ब्राजिल, कोस्टारिका र फ्रान्स विश्वकपको अन्तिम आठसम्म पुगे। विश्वकपका क्रममा यौनसम्पर्क राख्न छुट दिने अधिकांश टोलीले खेलाडीलाई पत्नी वा प्रेमिकासँगै राख्न अनुमति दिएका छन्। तर, नाइजेरियाले भने प्रेमिकालाई आफूसँगै राख्न अनुमति दिएन। नाइजेरियाले पत्नी हुने खेलाडीलाई मात्र यौनसम्पर्कको अनुमति दियो। नदिने टिममा चिली, मेक्सिको, रुस, बोस्निया हर्जगोभिना, क्यामरुन, घाना र दक्षिण कोरिया छन्। यी कुनै पनि टिम विश्वकपमा दोस्रो चरणभन्दा अगाडि बढ्नै सकेनन्। अर्जेन्टिना, जापान, इरान, इक्वेडर, होन्डुरस, कोलम्बिया, बेल्जियम, अल्जेरिया, आइभोरी कोस्ट र क्रोएसिया भने यो विषयमा मौन छन्।
विश्वकपमा सेक्स कपको चर्चा हुनलायकका निकै विषयवस्तु पनि छन्। विश्वकप फुटबलका दौरानमा धेरै खेलाडीलाई सेक्स र प्रेमिकाबाट टाढा नै राखिएको छ। खेलका क्रममा खेलाडीको ध्यान बाहिर जानसक्ने कारणले यस्तो गरिएको प्राय: टोलीका प्रशिक्षकको दाबी छ। प्रेमिकाबाट केही समय टाढा राखिएका ब्राजिलका स्टार नेमारले क्रोएसियाविरुद्धको उद्घाटन खेलमा जादुमय प्रदर्शन गरे। उक्त दिन ब्राजिलको स्थानीय चलनअनुसार प्रेम दिवस (भ्यालेन्टाइन डे) थियो। भ्यालेन्टाइन डेमा प्रेमी भेट्न नपाएका नेमार प्रेमिकाको यादमा मनमनै तड्पिए पनि ब्राजिलको जितमा नायक नै बने।
मैदानको उनको प्रदर्शनले विश्वकपमा अर्बौं मानिसको ध्यान खिच्यो, तर क्रोएसियाविरुद्ध दुई गोल ठोकेका नेमार त्यो खुसी तत्काल प्रेमिकासँग साट्न चाहन्थे। नेमारले गोल गर्नासाथ उनकी पछिल्ली प्रेमिका एवं मोडल ग्याबरिल्ला लेन्जीले नेमारसहितको पोज तस्बिर फोनमार्फत सार्वजनिक गरिन्।
जब खेलकै क्रममा टेलिभिजनले तत्काल त्यही तस्बिर सार्वजनिक गर्यो, त्यति बेला टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेरिरहेका दर्शकले नेमारले पेनाल्टीमार्फत गरेको दोस्रो गोल हेर्न पाएका थिएनन्। उद्घाटन खेलमै सनसनी मच्चाएका नेमारले आफ्नो प्रेम उमंगलाई भने भोलिपल्ट सदुपयोग गरे। अहिले पेलेपछिका चर्चित खेलाडीका रूपमा चिनिएका नेमारले उद्घाटन खेलको भोलिपल्टै प्रेमिका ग्याबरिल्ला लेन्जीसँग रोमान्स गरेको सनसनीपूर्ण तस्बिर सार्वजनिक भएको थियो।
सोभिनयरमा पनि यौनको विषय ब्राजिल विश्वकपमा झल्कियो। विश्वकप फुटबलका क्रममा ब्राजिलमा सोभिनियरको बजार निकै बढेको छ। देशका जर्सी, नङ पालिस, मुखुण्डोलगायतका सामग्रीको बिक्री ह्वात्तै बढेको छ। तर, सबैभन्दा बढी लोकप्रिय भने कुकुरको जर्सी र कन्डम नै रहेको छ। पहेँलो रङको कुकुरको जर्सीको मूल्य १४ डलर पर्छ। ब्राजिलको चर्चित ककटेल सिपिरिन्हाको फ्लेवर भएको कन्डम २१ लाख बिक्री भएको बताइएको छ। एक प्याकेटमा तीनवटा कन्डम हुन्छ र यसको मूल्य एक डलर रहेको छ।
विश्वकप फुटबलको रौनक ब्राजिलमा मात्र नभएर संसारभर छ। विश्वकपको मौका छोपेर ब्राजिलका यौनकर्मी पनि कसरी आफ्नो अधिकार सुरक्षित पार्ने भनेर लागिपरेका छन्। विश्वकपलाई ध्यानमा राखी यौनकर्मी संघले आफ्ना ८० हजार सदस्यलाई अंग्रेजी भाषाको कक्षा पनि दिएको थियो।
यौनकर्मीको अधिकारलाई सुरक्षित गर्न उनीहरूले फुटबल प्रतियोगिता आयोजना गरे। जसको नाम उनीहरूले 'नेकेड फुटबल' भनेर जुराए। प्रतियोगितामा यौनकर्मीको टिमसँग अमेरिकी सामाजिक संस्था र स्थानीय विश्वविद्यालयको टिमले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा यौनकर्मी महिलाले ब्राजिलको राष्ट्रिय जर्सीमा प्रतिस्पर्धा गरेका थिए। आयोजक यौनकर्मी संघकी सदस्य प्याट्रिका बोंगेसले सबै पेसामा लागेका व्यक्तिलाई समान अधिकार हुनुपर्ने बताइन्। यौनकर्मीले संसारको सबैभन्दा पुरानो व्यवसायलाई संरक्षण गर्न पनि जोड दिएका छन्।
यौन र सौन्दर्यको उन्मादले विश्वकपमा ढाकेको अर्को उदाहरण ब्राजिल र चिलीबीच भएको पहिलो प्रिक्वार्टरफाइनल खेलमा देखियो। खेल रोमाञ्चक थियो। खेल सुरु भएदेखि नसकिएसम्म दर्शकले धेरै मज्जा लिए। खेल कति प्रतिस्पर्धात्मक थियो भने नतिजाका लागि टाइब्रेकरको सहारा लिनुपर्यो। सोही खेलको समाचार संकलन गरिरहेकी चिलीकी पत्रकार झेन्डलिन नुनेज पनि आफ्नो टोलीले गोल गरेपछि निकै उत्साही भइन् तर उनले अरूको भन्दा फरक तरिकाले खुसियाली मनाइन्। आफूतर्फ तेर्सिरहेको भिडियो क्यामेरातिर फर्किएर उनले आफ्नो टीसर्ट उचाइलिन्। उनी भिडियो क्यामेराका अगाडि आफूले लगाएको भित्री वस्त्र देखाउँदै मज्जाले हाँसिन्।
तर, उनले यसो गर्नुको कारण भने अर्थपूर्ण थियो। किनभने उनले लगाएको भित्री वस्त्रमा चिलीको राष्ट्रिय झन्डा बनाइएको थियो। उनको खुसियाली मनाउने उक्त शैलीलाई संसारभरि खेलको प्रत्यक्ष प्रसारण गरिरहेका टेलिभिजन च्यानलले पनि पटकपटक देखाउन कुनै कञ्जुस्याइँ गरेनन्।
क्रोएसियाका खेलाडीको पौडी पोखरीमा नांगो नाच, पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको निर्वस्त्र तस्बिर पनि विश्वकपमा देखिएको सेक्ससँग सम्बिन्धत घटना र परिघटना नै हुन्।
विश्वकपको अवसर पारेर यतिविघ्न सेक्सले महत्त्व पाएपछि ब्राजिलमा विश्वकपसँग सेक्स कप पनि जारी रहेको अनुभूति सबैलाई भएको छ।
अर्को पाटो
विश्वकप आएका पुरुष दर्शकका कारण स्थानीय महिलालाई भने समस्या परेको ब्राजिलका सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय महिलालाई जिस्क्याएको र अनादर गर्ने गरेको गुनासो प्रहरीसमक्ष पनि पुग्न थालेको छ।
ब्राजिलियन महिला भन्नेबित्तिकै यौनकर्मीजस्तै व्यवहार देखाएर समर्थकले दुर्व्यवहार गरेको आरोप लगाउँदै महिलाहरूले पनि विरोध गरे। रसिक देशको रूपमा चिनिए पनि ब्राजिलको समाजमा अहिलेसम्म पुरातन सोच कायमै छ। ब्राजिलले पनि आफ्नो देशमा अझै परम्परागत मूल्यमान्यता कायम रहेको देखाउन सक्दो प्रयास गरिरहेको छ। यसैका आधारमा रियोमा रहेका थुप्रै वेश्यालयसमेत बन्द गरिएको छ।
महिलामाथि दुर्व्यवहार गर्न खोज्ने केही समर्थकलाई प्रहरीले पक्राउ पनि गरेको छ। ब्राजिलियन भनेर केही विदेशी महिलामाथि पनि दुर्व्यवहार भएको प्रहरीले जनाएको छ। ब्राजिलका महिला अधिकारकर्मीले पनि फुटबलको माध्यमबाट मात्र ब्राजिल चिनिनुपर्ने अभियान नै चलाएका छन्। उनीहरूले आफ्नो देश फुटबल, महोत्सव र महिलाका कारण बढी चिनिने गरेको गुनासो गर्दै आगामी फुटबलमात्र आफ्नो देशको चिनारी बन्नुपर्ने अभियान सुरु गरेका छन्।
हरेक चार वर्षमा आयोजना हुने विश्वकप फुटबलले संसारभरका फुटबल समर्थकलाई उत्साही बनाउँछ। फुटबल महाकुम्भले खुसीसँगै विकृति पनि ल्याउने गरेको छ। ब्राजिलमा आगामी महिना सुरु हुने विश्वकप फुटबलअघि पनि यौन पर्यटन र बाल यौन व्यवसाय चर्चाको विषय बनेको छ।
यौन दुर्व्यवहार र बाल यौन व्यवसायलाई कसरी रोक्न सकिन्छ भन्ने विषय यति बेला विश्वकप आयोजक र विभिन्न संघसंस्थाका लागि टाउको दु:खाइ बनेको छ। यसलाई नियन्त्रण गर्न आयोजक जोडतोडका साथ लागिपरेका छन्। सरकारसँग ब्राजिलमा उमेर नपुगेका बालबालिका यौन व्यवसायमा सक्रिय रहेको कुनै तथ्यांक छैन तर सन् २०१३ मा बाल हिंसाको हटलाइनमा आएका एक लाख २४ वटा उजुरीमध्ये २६ प्रतिशत बाल यौन दुर्व्यवहारसँग सम्बन्धित थिए।
विश्वकपको आयोजक राष्ट्र ब्राजिलकी राष्ट्रपति डिल्भा रोसेफको सरकारले पनि विश्वकपमा हुने यौन पर्यटन र बाल यौन व्यवसायलाई रोक्न कुनै कसर बाँकी नराख्ने बताउँदै आएको छ।
यौन पर्यटन र बाल यौन व्यवसाय रोक्न ब्राजिलमा ट्याक्सीचालक र होटलका कर्मचारीका लागि आचारसंहिता नै निर्माण गरिएको छ। यसैगरी पर्यटन मन्त्रालयमा बालबालिका बचाउ शाखा पनि खोलिएको छ। ब्राजिलको कानुनले १८ वर्षभन्दा बढी उमेरका महिलालाई यौन व्यवसायमा संलग्न हुन भने छुट दिएको छ, तर कुनै पनि उमेरका महिलालाई जबरजस्ती यौन व्यवसायमा संलग्न गराउन भने पाइँदैन। -एजेन्सीको सहयोगमा

Loading...