Home » » फेसबुक चलाउनु हुन्छ? भुलेर पनि यी कामहरू नगर्नुस

फेसबुक चलाउनु हुन्छ? भुलेर पनि यी कामहरू नगर्नुस

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

अहिलेको समाज अनलाइन बिना पानी विना को माछा झै हुन थालेको छ । जसरी अनलार्इन दुनियाँमा सामाजिक सञ्जालहरूको अाकर्षण दिनदिनै बढिरहेको छ त्यसरी नै अनेक प्रकारका अपराध र दुर्घटनाहरू पनि त्यतिकै रूपमा घटिरहेका छन। अझ भन्ने हो भने फेसबुक सबैको जीवनको प्रमुख हिस्सा बनिसकेको छ । एक अर्काको सम्पर्क र सम्बन्ध विस्तारका लागि फेसबुक अहम् माध्यम बनेको छ ।
तर, फेसबुकमा आफ्नो सबै जानकारी दिनुपनि त्यति गतिलो मानिदैन । गोपनियता र सुरक्षाका दृष्टिले फेसबुकका केही कुराबाट भने सधैं चनाखो रहनु उचित हुन्छ । त्यस्ता चनाखो हुनेपर्ने फेसबुकका पाँच कुराहरु

१. फेसबुकमा आफ्नो जन्मदिनको सबै जानकारी नराख्नुहोला । हरेक जन्मदिनमा फेसबुकमा सन्देश आउँदा खुशी लाग्ने भएपनि सम्पूर्ण मिति नदिनु नै सही हुन्छ । जन्ममिति राख्दा जन्म दिन मात्र राख्नुहोला, कुन सालमा जन्मेको भनेर नराखे कै वेश ।

२. फेसबुकमा तपाईंको रिलेशनसिप पनि नखुलाएकै राम्रो । वैवाहिक अवस्थाबारे लखदा तपाईंलाई निगरानी गर्नेले तपाईंको विवाहबारे र परिवारबारे सहजै थाहा पाउन सक्छन् ।

३. फेसबुक चलाउँदा रहेको स्थान करेन्ट लोकेशन कहिल्यै पनि अपडेट नगर्नुहोला । यस्तो अपडेट गर्दा निगरानी गर्नेले तपाईंको हरेक समय र स्थानबारे जानकारी पाइरहेका हुन्छन् । विदा मनाउन कतै जानुभएको छ भने पनि फर्किसकेपछि मात्र फोटोहरु अपलोड गर्नुहोला ।

४. तपाईं घरमा एक्लै हुनुहुन्छ भने सो जानकारी फेसबुकबाट नदिनुहोला । हामीलाई हाम्रो स्टाटस कस कसले पढ्छन् भनेर जान्न सक्दैनौं । त्यसकारण खराव नियतका मानिसले तपाईंलाई फलो गर्न सक्छन् ।

५. आफ्नो बच्चाको तस्वीर अपलोड गर्ने प्रचलन अलि बढी नै छ । तर यो ठिक होइन । सकेसम्म बच्चाको फोटो अपलोड नगर्दा राम्रो हुन्छ । साथी, आफन्तलाई यस्ता फोटो ट्याग गर्नु पनि उचित हुँदैन ।
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved