Home » » भैसीले मान्छेको जस्तो टाउको र अनुहार भएको पाडो जन्मायो

भैसीले मान्छेको जस्तो टाउको र अनुहार भएको पाडो जन्मायो

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बाजुरा, ७ साउन । बाजुराको कैलाशमाण्डौमा भैसीले मान्छेको जस्तो टाउको र अनुहार भएको पाडो जन्माएको छ । Unbelievable+Human-like+Buffalo+Birth 
भिडियो हेर्नका लागि  क्लिक्  गर्नुहोला ।
कैलाशमाण्डौ गाविस वडा नं ५ झालगाउमा स्थानिय गंग बहादुर साउदले पालेको भैसीले मान्छे जस्तो टाउको र अनुहार भएको पाडो जन्माएको हो । मंगलबार विहान जन्मेको उक्त पाडो जन्मेको १० मिनेट पछि मरे पनि विहानैदेखि उक्त पाडो हेर्नेको भिडभाड लागको छ। टाउको मान्छेकै जस्तो, हात खुटटा कछुवाको जस्तो, भुडी गणेश भगवानको जस्तो भएको र पिठ्युमा पुच्छर भएको उक्त पाडो जन्मीए पछि स्थानिय दंग परेका छन् । भैसीले मान्छे आकृतिको पाडो जन्माए पछि भैसीका मालिक भने अशुभ हुने भन्दै त्रशित भएको स्थानिय शिवनाथ योगीले जानकारी दिए । यता जिल्ला पशु सेवा कार्यालय कार्यालय प्रमुख योगेन्द्रप्रसाद कर्णले उक्त भैसीमा विजारोपण पश्चात उसको डिम्व विभाजन भै कुनै कारण बस सम्पूर्ण अंगको पूर्ण विकास नभएको अवस्थामा त्यस्तो फरक आकृति निमार्ण भएको हुन सक्ने बताएका छन । गर्भासयमा भएको अवस्थामा पाडोमा कुनै असरले पनि पूर्ण विकासमा बिकृति देखा परेको हुन सक्ने भएकाले त्यसमा कुनै डराउनु पर्ने अवस्था नरहेको उनले बताए ।  - See more at: http://www.rastriyakhabar.com/?p=6814#sthash.BrLs5ho2.JSvO2MNT.dpuf
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved