भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
साथीभाई भेटघाट हुँदा हात मिलाउने गरिन्छ । तर वैज्ञानिकहरुले भने हात नमिलाउन सुझाव दिँदै मुड्की जुधाउन सल्लाह दिएका छन् ।बेलायतको एवस्र्थ विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले अब हात मिलाउने (ह्याण्ड सेक) संस्कृतिलाई बाइ बाइ गर्न सुझाव दिएका छन् ।
शोधकर्ताहरुका अनुसार हात मिलाउनु भन्दा मुठ्ठी जुधाउनु धेरै स्वस्थकर अभिवादनको शैली हो । हस्त स्वास्थ्य सम्बन्धमा गरिएका विभिन्न अनुसन्धानले यस्तो देखाएको छ । वैज्ञानिकहरुले मुठ्ठी जुधाउने र हात मिलाउने मध्ये कुन बढि स्वस्थ शैली हो भन्ने कुरा पत्ता लगाउन ई कोली ब्याक्टेरियाको सर्ने दरको अध्ययन गरेका थिए ।त्यस क्रममा हात मिलाउनु भन्दा हात माथि उठाएर हत्केला बजार्ने (हाइ फाइभ) शैलीबाट अभिवादन गर्दा ब्याक्टेरिया सर्ने दर ५० प्रतिशत कम हुने तथा मुठ्ठी बजार्ने शैल सबैभन्दा बढि सुरक्षित हुने र ९० प्रतिशत कम संक्रमण हुने पत्ता लागेको छ । शोधकर्ता डाक्टर डेभ व्हिटवर्थका अनुसार मुठ्ठी जुधाउने अभिवादन शैली सबैभन्दा बढि स्वस्थ तथा सुरक्षित हुनुको कारण यसो गर्दाको गति तथा सबैभन्दा कम सतह सम्पर्कमा आउनु हो ।
मानिसलाई हस्तमिलान भन्दा मुठ्ठी जुधाउने बानीलाई बढावा दिन लगाउने हो भने छालाबाट सर्ने विभिन्न खाले सरुवा रोगको संक्रमण कम हुने तकी उनको छ ।
from Khabar Pana | Online News and Entertainment http://ift.tt/1zpr8JA
via IFTTT
मानिसलाई हस्तमिलान भन्दा मुठ्ठी जुधाउने बानीलाई बढावा दिन लगाउने हो भने छालाबाट सर्ने विभिन्न खाले सरुवा रोगको संक्रमण कम हुने तकी उनको छ ।
from Khabar Pana | Online News and Entertainment http://ift.tt/1zpr8JA
via IFTTT
Loading...
