Home » » इजरायलले बनायो मोबाइल एप्लीकेसन

इजरायलले बनायो मोबाइल एप्लीकेसन

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

(एजेन्सी) तीन इजरायली युवाहरुको हत्यापछि इजरायली पक्षबाट पनि प्यालेस्टाइनका युवाको हत्या भएपछि यतिबेला दुई देशबीच घमासान युद्ध जारी छ । प्यालेस्टाइनबाट इजराायल तर्फ रकेट प्रहार हुने र इजरायली पक्षबाट मिसाइल प्रहार हुने श्रृंखला आज पनि जारी छ । पछिल्लो भिडन्तमा एकसय भन्दा बढी प्यालेस्टाइनीहरुको ज्यान गइसकेको छ ।
यसरी दुई देशबीच भिडन्त जारी रहँदा इजराइलमा यस्तो मोबाइल ऐप्लिकेसन तयार गरिएको छ जसले प्यालेस्टाइनबाट हानिएको रकेटको सूचना दिन्छ र इजरायलीहरुलाई पहिलेनै सतर्क हुन जानकारी दिन्छ ।mobile-apps
यसअघि पनि इजरायलमा ‘रेड अलर्ट’ नामक प्यालिस्टाइनी रकेटको सूचना दिने सेवा प्रयोग हुँदै आएको थियो । यसलाई इजरायली वायुसेना र होम फ्रन्ट कमाण्डले प्रयोग गर्थे । अहिले मोबाइल ऐपको मद्दतले यही रेड अलर्टको हरेक मानिसको मोबाइलमा रकेटबारे सूचना दिइनेछ ।
रेर्ड अलर्टलाई दुई इजरायली आरी स्प्रुंग र कोबी स्नायरले तयार गरेका हुन् भने यस ऐप अमेरिकाको सान फ्रान्सिस्को निवासी एक इजरायलीले बनाएका हुन् ।
यद्यपि विशेषज्ञहरुले यसलाई आधी तयारीमा शुरु गरिएको भन्दै आलोचना गरेका छन् । - See more at: http://www.rastriyakhabar.com/?p=6646#sthash.AgYPmwZR.dpuf
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved