Home » , , » आफ्नो सानो घरलाई विशाल बनाउने तरिका

आफ्नो सानो घरलाई विशाल बनाउने तरिका

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


तपाईंको घर सानो छ ? यहाँ हामी तपाईंलाई घरको सामान राख्नका लागि केहि तरिकाहरु बताउँदै छौँ जसले तपाईंको घरलाई ठूलो र सुन्दर देखाउन मद्दत गर्दछ । १. जरुरी सामानहरुलाई राखेर अनावश्यक सामानहरुलाई बाहिर निकालेर कुनै स्टोर रुम अथवा भर्याङ मुनी राख्ने गर्नुभयो भने पनि यसले ठूलो ठाउँ देखाउन मद्दत गर्दछ । घरमा आवश्यक वस्तुहरुलाई राम्रो तरिकाले राख्नुहोस् र जुन अनावश्यक छ, त्यसलाई फ्याँकिदिनुहोस् । २. भित्तामा जोडिएका दराजहरु बनाउनुहोस्, यसले घरको सामानहरु एकत्रित हुन मद्दत गर्दछ । ३. कुनै पनि कला आँखालाई शितल प्रदान गर्ने र मनलाई शान्त पार्न मद्दत गर्दछ । परम्परा झल्काउने, समकालिन अथवा हातबाट बनाइएको वा सडकको किनाराबाट किनिएको वस्तुहरुले तपाईंको घरको खाली कुना अथवा भित्ताहरुलाई निकै राम्रो हुन सहयोग गर्दछ । घरलाई रंगिन बनाउने केहि तरिकाहरुः १. आफ्नो घरको कोठाहरुको सिलिङलाई पनि गाडा रङ लगाएर रङ्गाउनुहोस् । २. तपाईं कोठाहरुमा फेसनेबल वालपेपरहरु पनि लगाउन सक्नुहुनेछ । ३. सामानलाई छुट्टाछुट्टै राख्नका लागि कुनै टोकरी र बक्सको प्रयोग गर्नुहोस् । यसो गर्नाले तपाईंको सामानहरु केवल व्यवस्थित मात्र नभई तपाईंको घर पनि सफा हुनेछ । के गर्नुहुँदैन ? १. ठूला–ठूला डिजाइन भएका कुसन अथवा पर्दाहरुको प्रयोग नगर्नुहोस् । यसो गर्नाले तपाईंको घर अझ अव्यवस्थित देखिन्छ । २. फर्निचरको कम प्रयोग गर्नुहोस् । जुन प्रयोग हुँदैनन् त्यसलाई प्रयोग गर्दै नगर्नुहोस् । ३. कहिले पनि त्यस्ता सामानहरु नकिन्नुहोस् जसलाई तपाईं सहि ढंगबाट प्रयोग गर्नुहुन्न । ४. सबै सामानहरुलाई जम्मा गर्ने काम नगर्नुहोस् । तपाईंलाई आवश्यक नहुने कुराहरु बाहिर निकाल्नुहोस् । ५. यदि तपाईंको कोठा सानो छ भने ठूला चित्र भएका तस्बिरहरु नलगाउनुहोस् । ६. आफ्नो सामानहरुसँग बहुआयमिक हुनुहोस् र आफ्नो कोठलाई सन्तुलन रुप प्रदान गर्नुहोस् । (एजेन्सी) -



from Nepali News Ex-Press http://ift.tt/UDKafn

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved