Home » , , » यसरी भयो भ्यागुताको भव्य विहे, दाइजोमा सुनको सिक्री (फोटोफिचर सहित)

यसरी भयो भ्यागुताको भव्य विहे, दाइजोमा सुनको सिक्री (फोटोफिचर सहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बर्खा लागिसक्दा पनि पानी नपरेर खडेरि परेपछि वर्षाका देवता इन्द्रदेवलाई खुसी बनाउन भन्दै हाम्रो देशमा पनि विभिन्न खाले परम्परागत जुक्ति लगाइन्छ । कतै महिलाले दौरा सुरुवाल लगाएर हलो जोत्छन् त कतै महायज्ञ लगाइन्छ भने कतै बाजागाजा सहित भ्यागुताको बिहे गरिदिने चलन पनि छ । यो वर्ष पनि कञ्चनपूर तथा तेह्रथुम लगायतका जिल्लाका बासिन्दाले पानीको कामना गर्दै भ्यागुताको बिहे गरिदिएका समाचार आइरहेका छन् । पानी पार्नका लागि भ्यागुताको बिहे गर्ने चलन हाम्रो देशमा मात्र होइन भारतमा पनि छ ।



भारतको आसाम राज्यस्थित डिब्रुगढ गाउँमा पनि हालै भव्य रुपमा भ्यागुताको बिहे सम्पन्न भएको छ । लामो खडेरीका कारण चिन्तित बनेका गाउँलेहरुले विवाह मण्डप तथा पूजाआजा नै गरेर एक जोडि भ्यागुताको बिहे गरिदिए ।



स्थानीय नेता रञ्जन दासले देवता खुसी बनाउनका लागि आफुहरुले भ्यागुता विहे समारोहको आयोजना गरेको बताए ।एउटा गाउँको भाले भ्यागुतो र अर्को गाउँको पोथी भ्यागुतोबीच विवाह गराइएको थियो ।



२७ जुनमा भएको विवाह समारोहमा आसपासका ४ गाउँका मानिस भेला भए र ६ घण्टासम्म बिहे कार्यक्रम चल्यो । स्थानीय एक वगैँचामा विहे कार्यक्रम भयो । समारोहमा बेहुला र बेहुली भ्यागुतालाई परम्परागत पहिरन र रंगमा सजाइएको थियो । बेहुली भ्यागुतालाई स्थानीय गाउँलेले सुनको सिक्री दाइजो दिए । विवाह गरेपछि दुलाहा दुलही भ्यागुतालाई नजिकैको पोखरीमा लगेर सँगै छाडियो ।



समाचार अनुसार अघिल्लो दिन भ्यागुताको बिहे गरेपछि अर्को दिनबाट त्यहाँ वर्षा सुरु भएको छ । विवाहित भ्यागुताले इन्द्र देवतालाई सन्देश पूराएको स्थानीय बासिन्दाले बताएका छन् ।









from Nepali Khabar Site http://ift.tt/1zriLNI

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved