Home » , , » राजेश मधुलाई लगेर अमेरिका जाने सपना असफल...

राजेश मधुलाई लगेर अमेरिका जाने सपना असफल...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

अमेरिकाले पछिल्लो समयमा नेपालका कलाकारहरुलाई भिषा दिन अस्वीकार गर्दै आएको छ । भिषा नदिएपछि गायिका कोमल ओली,नायिका सुमिना घिमिरे अमेरिका जान पाएनन् । यसैवीच महानायक राजेश हमालकी पत्नीलाई समेत उसले भिषा दिन अस्वीकार गरेको छ ।






श्रीमानसँगै अमेरिका जान लागेकी राजेश पत्नी मधुलाई हालै अमेरिकाले भिषा नदिएको हो । पत्नीका साथ अमेरिका जान लागेका राजेशले समेत अन्तिम समयमा भ्रमण स्थगित गरेको स्रोतले जनाएको छ ।





अमेरिकाले पछिल्लोपटक थुप्रै कलाकारहरुको भिसा अस्वीकार गर्दै आएको छ । केही दिन अघि नायिका नायिका सुमिना घिमिरेलाई पनि अमेरिकाले भिषा दिन इन्कार गरेको थियो ।





सुमिनाले नेपालीहरूले आयोजना गर्न लागेको एक कार्यक्रममा सहभागी हुनका लागि अमेरिकी दूतावासमा भिषा आबेदन गरेकी थिइन् । तर, नेपाली कलाकारमाथि कडा बनेको अमेरिकन राजदूतावासले सुमिनालार्इ पनि भिषा नदिएको हो । यसअघि पनि थुप्रै नेपाली कलाकारहरु कालो सूचीमा परिसकेका छन् ।







Source : feed news from Rochak Sansar : http://ift.tt/1uJdp1l

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved