Home » , , » होशियार !!! शिरानीमा मोबाइल राखेर सुत्नेहरु...

होशियार !!! शिरानीमा मोबाइल राखेर सुत्नेहरु...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । आफ्नो फोनलाई शिरानीमूनि राखेर सुत्ने तपाईको बानी छ भने सावधान ! अमेरिकाको उत्तरी टेक्ससमा एक १३ वर्षीया किशोरीले त्यही सावधानी नअपनाउँदा आगलागीको शिकार बन्नुपर्यो । उनको ग्यालेक्सी सामसुङ एस ४ मोबाइल पड्किएर आगलागी भएको हो ।






एरियल टालफ्री नामक ती किशोरी राति आफ्नो फोन शिरानीमूनि राखेर सुतेकी थिइन् । केही समयपछि उनले केही कुरा जलेको गन्ध आएको महसुस गरिन् तर उनले त्यसको वास्ता नगरि सुतिन् । तर जब उनी निन्द्राबाट ब्यूँझिइन्,त्यतिखेर उनको मोबाइलमा आगलागी भइसकेको थियो ।



ओभर हिटिङका कारण आगलागी भएको हुनसक्ने एरियलका पिताको अनुमान छ । उनी भन्छन्–ओभर हिटिङका कारण ब्याट्री फुलेर आगलागी भएको हुनसक्छ । आगलागीबाट फोन त पूर्ण रुपमा जलेर नष्ट भएको छ भने ओछ्यान र शिरानी समेत जलेका छन् ।



यस दुर्घटनापछि एरियल परिवारलाई मिडियालाई बोलाएर यसबारे खबर गरे । साथै उनीहरुले सामसुङका स्थानीय प्रवक्तालाई पनि यसबारे जानकारी गराए । तर सामसुङका प्रवक्ताको दाबी छ कि उक्त सामसुङ फोनमा अर्कै ब्याट्री प्रयोग गरिएको थियो । त्यही कारणले आगलागी भयो ।



तर कम्पनीले नैतिक दायित्व लिदै क्षतिपूर्ति स्वरुप नयाँ मोबाइल सेट सहित जलेको ओछ्यान पनि नयाँ हालिदिने सहमति गरेपछि विवाद टुङ्गिएको थियो ।







from Rochak Sansar : http://ift.tt/1ov4mfz

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved