Home » » अमेरिकन युवतीसँग यौनसम्पर्क गरेको आरोपमा ठमेलका एक नेपाली युवकलाई जेल चलान

अमेरिकन युवतीसँग यौनसम्पर्क गरेको आरोपमा ठमेलका एक नेपाली युवकलाई जेल चलान

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, ३२ असार । एक अमेरिकन युवतीसँगको रोमान्सपूर्ण सम्बन्धले ठमेलका एक युवक जेल जाकिएका छन् ।

मदिराले मात्तिएको अवस्थामा एक अमेरिकन युवतीसँग सामूहिक रुपमा यौनसम्पर्क गरेको आरोपमा ठमेलमा स्नुकर सेन्टर चलाउँदै आएको धादिङका गुणराज दवाडी जेल परेका हुन् ।

ठमेलको नर्सिङ चोकस्थित होटल ग्लोबलमा मदिरा पिएर सँगै सुतेकोमा अमेरिकन युवतीले बलात्कारको उजुरी दिएपछि दवाडी र उनका साथी रामेछापका संजय लामालाई जेल चलान भएका हुन् । गत महिना पक्राउ परेका उनीहरूलाई जिल्ला अदालतले गत साता पुपक्र्षका लागि जेल पठाउने आदेश दिएको हो ।

दवाडी ठमेलस्थित नर्सिङ स्नुकर हाउसका सञ्चालक हुन् । अमेरिकन युवती र गुणराजबीच पुरानै चिनजान थियो । त्यसकारण जेठ ३१ गते बेलुका उनलाई भेट्न स्नुकर हाउस पुगेकी थिइन् । गुणराजका साथीहरूसहित उनीहरूले त्यही बसेर बियर पिउदै स्नुकर खेलेका थिए । सबै मात्तिएपछि बेलुका नजिकैको होटल ग्लोबलमा बस्न गएका थिए । जहाँ गुणराज र महिला एउटा कोठामा तथा अन्य तीन युवाहरू अर्को कोठामा सुतेका थिए ।
 
 केही समय बसेर आफू बेलुका नै घर फर्किएको गुणराजको भनाइ छ । उनी गएपछि अर्को कोठामा सुतेका उनका साथीहरूले आएर बलत्कार गरेको अमेरिकन महिलाको दाबी छ । सो दिन बेलुका दवाडीसँग मञ्जुरीमा यौन सम्बन्ध भएको र उनका अन्य साथीले भने बलात्कार गरेको महिलाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । पक्राउ परेका लामाले भने आफूहरू कोठामा गए पनि सम्बन्ध नराखेको बताएका छन् ।

स्रोतका अनुसार बिहान उठ्दा अमेरिकन युवती नांगै थिइन् । दवाडीका एक साथीले युवतीको भित्री कपडाहरू लुकाएर बिहान फेरि सेक्सको प्रस्ताव राखेपछि उनीहरूबीच झगडा भएको थियो । त्यही विवादमा युवतीले बलात्कार गरेको उजुरी हालेकी हुन् ।

धेरै मदिरा पिएकाले बिहान उठेपछि मात्र आफूले थाहा पाएको महिलाको भनाइ छ । आफूलाई बलात्कार गरी उनीहरू ढोका समेत खुल्लै राखेर गएको र बिहान आफूलाई नग्न अवस्था पाएको उनको भनाइ छ । भोलिपल्ट १ असारमा उनले पर्यटक प्रहरीमा घटनाको बारेमा उजुरी गरेकी थिइन् । पर्यटक प्रहरीले अनुसन्धानका लागि काठमाडौं परिसरलाई पत्राचार गरेपछि सोही दिन प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो भने अन्य दुई जना फरार छन् ।

उता काठमाडौं परिसर प्रहरीहरूले दवाडीका आफन्तसँग उनलाई छुटाइदिने भन्दै आठ लाख रुपैयाँ लिएको समेत खुलेको छ । तर दवाडी जेल चलान भएपछि यतिबेला घुसकाण्ड बाहिर आउन लागेको छ ।
- http://namastenepalidc.blogspot.com/2014/07/blog-post_9623.html
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved