भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मध्यरातमा बेनीबजारमा भागभाग, २६ घर पुरिए
म्याग्दी : म्याग्दीको उत्तरी बैँसेरीमा खसेको भीषण पहिरोले कालीगण्डकी नदी मध्यरातीदेखि थुनिएको छ । राम्चे–९ काफलडाँडा नजिकैको चट्टानी पहाड खसेर झरेको भीषण सुख्खा पहिरोले भगवती–२ स्थित बैंसेरीमा कालीगण्डकी नदी थुनिएको हो ।
राती एक बजे ठुलो चट्टानी पहाड खसेर कालिगण्डकी पूर्णरुपमा थुनिएको प्रहरी नायब उपरीक्षक हिरा गिरीले जानकारी दिए । रातको समयमा निरन्तर पहिरो खसिरहेको थियो । बैंसरीमा ठुलो ताल बनेको छ । बैसरी र फेदीका २६ घर पुरै पुरिएको छ ।
त्यहाँका सर्वसाधारण यसअघि नै सुरक्षित स्थानमा गएकाले कुनै मावनीय क्षति भएको छैन । ‘कालीगण्डकी नदी ९० प्रतिशत थुनिएको छ, सुरक्षित स्थानमा रहन हामीले सबैलाई आग्रह गरेका छौँ, प्रनाउ गिरिले भने ।
मध्यरातीदेखि कालीगण्डकी थुनिएपछि बाँध फुटेर बाढी आउन सक्ने खतरा बढेपछि बेनीबजार, गलेश्वरबजार, पर्वतको बगरफाँट, पर्वत बेनी लगायतका स्थानमा सर्वसाधारणले रातिदेखि नै बजार छाडेका छन् ।
प्रहरीले माइकिङ गर्दै बजार छाडेर उपल्लो भेगमा गएर बस्न बेनीबजारमा आह्वान गर्दै सर्वसाधारणलाई सचेत गराएको छ । अहिले बेनीबजारका सर्वसाधारण बस्ती छाडेर अर्थुङ्गे आसपासको क्षेत्रमा पुगेर बसेका छन् ।
पहिरो झरेको स्थानमा बस्ती नभएको प्रहरीले जनाएको छ । म्याग्दीका प्रहरी नायव उपरीक्षक हिरबहादुर गिरीका अनुसार पहिरो झरेको स्थानमा अहिले जिल्ला भू–संरक्षण कार्यालय म्याग्दीका प्राविधिक पुगिसकेका छन् ।
पाल्पास्थित अन्नपूर्णकर्मी जगदीश भट्टरार्इका अनुसार पहिरोले कालीगण्डकी ए, जलविद्युत परियोजनाको पावर हाउस तथा उत्पादन गृहसमेत प्रभावित हुने खतरा बढेको छ ।
पाल्पा र आसपासका नदी छेउका गाउँ तथा बस्तीहरुमा स्थानीय रेडियोमार्फत नदी किनारका वासिन्दालाई सबै खबर गरिराखिएको पाल्पाका प्रहरी नायव उपरीक्षक सुमन कुमार तिमिल्सिेना जानकारी दिए ।
कालिगण्डकी थुनिएपछि बैसरी माथिका बेगखोला, तिप्ल्याङ, महभीर, भिरकाटे, पोखरेबगर, भुरुङतातोपानी, दाना लगायतका स्थानमा डुवानको खतरा रहको छ ।
घुमाउनेताल, गलेश्वर, बेनी लगायत पर्वत, बाग्लुङ र स्याङ्जाको कालिगण्डकी टटिय क्षेत्रका बस्तीमा जोखीम बढेको छ ।
शुक्रबार राती पहिरो खसेपछि भगवती–२ बैंसेरी र राम्चे ९ फेदीका बस्तीलाई सुरक्षित स्थानमा सारिएको थियो । बस्ती सारेको कारण भिषण पहिरो खसेको स्थानमा मानविय क्षति हुन नपाएको स्थानिय राम केसीले जानकारी दिए ।
राती ठुलो आवाज आउने गरी पहिरो खसेर कालिगण्डकी नदी थुनिएपछि त्यसवरपरका सर्वसाधारणमा भागदौड मच्छिएको केसीले जानकारी दिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक विमल उपाध्यायको नेतृत्वमा प्रहरी र नेपाली सेनाको टोली पुगिसकेको छ ।
Loading...
