गुडिरहेको बसभित्रै युवतीको बलात्कार भएको छ । भूकम्पको त्रासका कारण काठमाडौंबाट पाँचथरस्थित घर हिँडेकी उनलाई झापामा बस चालक र कन्डक्टरले बलात्कार गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ । पीडितको उजुरीको आधारमा चालक मेचीनगर ११ का देबेन्द्र घिमिरे र कन्डक्टर भद्रपुर १२ का निमेष खतिवडालाई पक्राउ गरिएको डिएसपी विश्वमणि पोखरेलले जानकारी दिए। ना ४ ख ७२४२ नम्बरको बस झापास्थित चारआली चन्द्रगढी सडकखण्डको सहिद चोकमा पुगेपछि उनीहरुले बलात्कार गरेका थिए । - See more at: http://www.actionmedianepal.com/2015/05/blog-post_65.html#sthash.0DU5sEJM.dpuf