Home » , » केराको बोक्रा पनि औषधि कुन कुन कुरामा प्रयोग गर्ने जानिराखौ !!!

केराको बोक्रा पनि औषधि कुन कुन कुरामा प्रयोग गर्ने जानिराखौ !!!

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

नपाउनेले केरा पायो बोक्रैसित खायो’ भन्ने उखानै छ । यसको मतलब हुनेखानेले केराको गुदी मात्र खान्छ र बोक्रो खाने मान्छे कहिल्यै केरा खानै नपाउने खालको दरिद्र मान्छे हो भन्ने अर्थ लाग्छ ।



तर केराको बोक्रा दरिद्र मान्छेले खाने वा त्यस्तै मान्छेलाई मात्र काम लाग्ने चिज होइन । केराको गुदी मात्र नभै बोक्रा समेत निकै उपयोगी हुने तथ्य वैज्ञानिकहरुले पत्ता लगाइसकेका छन् ।



केरा विभिन्न लवण तथा भिटामिन लगायतका पोषक तत्वले भरिपूर्ण सर्वकालीक लाभदायी र सुलभ फल हो भन्ने सबैलाई थाहा छ । तर केरा मात्र होइन केराको बोक्रा समेत निकै उपयोगी हुन्छ । केराको बोक्राको फाइदा यस्ता छन् -

केराको बोक्राको भित्री भागलाई हल्का रुपमा अनुहारमा दल्नुहोस् । नियमित रुपमा यसो गर्नाले अनुहारको डण्डीफोर कम हुन्छ ।

केराको बोक्रालाई पिँधेर लेदो बनाएर अनुहारमा दल्नाले अनुहारमा चमक आउँछ भने बोक्रालाई दाँतमा रगड्नाले दाँत चम्किलो हुन्छ ।

कुरै किराले चिल्यो भने त्यस ठाउँमा केराको बोक्रा पिँधेर लगाउनाले दुखाइ कम हुन्छ ।

छालामा डावर आएको बेला केराको बोक्राको लेदो लगाउनाले डावर निको हुन सहयोग हुन्छ ।

लेदर ब्याग, बेल्ट तथा छालाका खेलौनाहरुमा केराको बोक्रा रगडेर सफा गर्नाले चमक आउँछ ।

अण्डाको पहेँलो भागमा केराको बोक्राको लेदो मिलाएर अनुहारमा लगाउनाले अनुहारको चाउरीपना कम हुन्छ ।



Disclamier: this news feed source from आजको पत्रिका ➲ http://ift.tt/1A1dxYG

and posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved