Home » , » बायुप्रदुषणले ‘ताजमहल’ को रङ्ग उड्दै !

बायुप्रदुषणले ‘ताजमहल’ को रङ्ग उड्दै !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस




वासिङटन, भारतीय तथा अमेरिकी अनुसन्धानकर्ताहरूले गरेको एक अध्ययन अनुसार हावामा उड्ने कार्बन कणहरू तथा धूलोका कणहरूका कारण भारतको ताजमहल खुइलिन थालेको छ । यसको मनमोहक सेतो रंग खैरो रङ्मा बदलिन थालेको छ ।

जार्जिया इन्स्टीट्यूट अफ टेक्नोलोजीको स्कूल अफ अर्थ एण्ड एटमोसफेरिक साइन्सेजका प्रोफेसर माइकल बर्गिनका अनुसार उनीहरूको टीमले यो कुरा पत्ता लगाएको छ कि ताजमहलको रङ्ग उड्नुमा बढ्दो प्रदूषक बायोमास, ईन्धन जलेर निस्केका कार्बन कण तथा धूलोका कण प्रमुख रहेका छन ।

जार्जिया इन्स्टीट्यूट अफ टेक्नोलोजी बाहेक भारतकै कानपुरस्थित भारतीय प्रविधि संस्थान, भारतीय पुरातात्विक सर्वेक्षण र विसकोन्सिन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यस अध्ययनमा साथ दिएका थिए । सोर्हौ शताब्दीमा मुगल शासक शाहजहां द्वारा आफ्नी पत्नी मुमताजको यादमा महलको निर्माण गरेका थिए । यस ताजमहलमा मार्बलको ११५ फिट उँचाइको गुम्बद र १३० फिट उँचाइको चारवटा मीनारहरू रहेका छन यहां हरेक बर्ष लाखौंको संख्यामा पर्यटकहरू आउने गर्दछन । सन १९८३ मा यूनेस्कोले यसलाइ बिश्व सम्पदा सूचीमा राखेको थियो । यो धरोहरको रङ्ग उड्नुमा वायु प्रदूषणलाइ जिम्मेवार मानिएको छ, तर यसलाइ व्यवस्थित गर्नका लागी अहिले सम्म कुनै प्रकारको अध्ययन गरिएको थिएन ।





Disclaimer: This news feed source from : ताजा खबर http://ift.tt/1Grq4GL

and posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved