भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं - वीर अस्पतालका पुर्व निर्देशक तथा बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. बुलन्द थापालाई पितृशोक परेको छ । डा. थापाका पिता जनकवि केशरी धर्मराज थापाको मंगलबार बिहान निधन भएको हो ।
लामो समयदेखि अस्वस्थ थापाको मंगलबार बिहान ९२ वर्षको उमेरमा राजधानीको स्वयम्भूस्थित निवासमा निधन भएको हो ।
पोखराको बाटुलेचौरमा विक्रम सम्वत १९८१ साल साउनमा जन्मिएका थापाका थुप्रै गीत चर्चित छन् । हरियो डाडा माथी हलो जोत्ने साथी, आज मादल बजेको किन गाउँबेसी दुनियाँ ब्युझाउन, प्रजातन्त्रको काफल, हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल जस्ता गीत गाएका थिए ।
अन्तिम श्रद्धान्जलिका लागि उनको शव मंगलवार प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिने भएको छ । थापाले २०१३ सालमा राजा महेन्द्रबाट जनकवि केसरीको उपाधि पाएका थिए ।
Source News feed from स्वास्थ्य खबर पत्रिका http://ift.tt/1tYzovf
Posted via IFTTT
Loading...