भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
दर्जन नेपाली सिनेमामा निर्माण व्यवस्थापकको काम गरेका कृष्ण घिमिरे ८ बर्षदेखि अष्ट्रेलियामा छन् । अष्ट्रेलियामा बसेर व्यवसाय गर्दै आएका उनी जीवनबाट सन्तुष्ट छन् । नेपाली सिनेमामा निर्माण व्यवस्थापक भएर काम गर्दा उनले धेरै कुरा भोगे, धेरै कुरा पाए पनि ।
यसैले आज उनलाई नयाँ देश र स्थानमा पुर्याएको छ । अष्ट्रेलियामा उनी सिनेमाको निर्माण, प्रदर्शन र वितरणमा व्यस्त छन् । उनले आफ्नै जीवनमाथि सिनेमा बनाउन लागेको बताए । आफ्नो संघर्षशिल जीवनलाई पर्दामा हेर्दा दर्शकको आँखा रसाउँने भनाई उनको छ ।
यसैसाता हरिवनस्थित बासाटोल प्रावीका ५० बालबालिकालाई पाठ्यसामाग्री प्रदान गर्ने तयारी पनि गरेको छ, कृष्णको फाउन्डेशनले । आफ्नै जीवनमाथि कथा लेखिरहेका कृष्णले ‘पिजडा’बाट सुरु गरेको निर्माण व्यवस्थापकको काम ‘धनसम्पत्ती, उपहार, सावधान, क्रोध’सहित दर्जन संख्यामा पुग्यो । उनले आउँदो वैशाखमा सिनेमा क्षेत्रमा नयाँ प्रोजेक्ट लागू गर्ने योजना समेत सुनाए ।
-
Disclamier: this news feed source from Aajako Patrika► http://ift.tt/1qGsLwv
and posted via IFTTT
Loading...