भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
दशैं गीत नगाउंदा विवादमा तानिएकी गायिका अञ्जु पन्तले हङकङमा दशैंको शुभकामना सन्देश मात्र दिइनन् दशैं गीत गाएरै शुभकामना पनि दिएकी छन् ।
हङकङ - दशैं गीत नगाउंदा विवादमा तानिएकी गायिका अञ्जु पन्तले हङकङमा दशैंको शुभकामना सन्देश मात्र दिइनन् दशैं गीत गाएरै शुभकामना पनि दिएकी छन् ।
सहारा एकेडमी पोखराको सहयोगार्थ हङकङमा आयोजित सहारा साँझमा उनले दशैंको अवसरमा शुभकामना दिएकी हुन् । केही समय पहिले हिन्दू शव्द भएको कारण गायिका पन्तले दशैं गीत गाउन नमानेको कुरा सार्वजनिक भए पछि उनका प्रशंसकहरूबाट आलोचित बनेकी थिइन् ।
कसैको धार्मिक आस्था माथी चोट पुर्याउने र होच्याउने लक्ष्य नभएको भन्दै गायिका पन्तले सामाजिक सञ्जालबाट प्रेस वक्तव्य जारी गरेर स्पष्टिकरण दिएपछि विवाद मत्थर भएको थियो । सहारा साँझमा नबिर्से तिमीलाई, तिर्खा लाग्यो पानी खाएं लगायत गीत गाएकी पन्तले सहारा एकेडेमी पोखरालाई आफ्नो पारिश्रमिकबाट १ लाख रूपैया सहयोग गरिन् । कार्यक्रम गायक तथा नायक यशकुमार,भलिबल सुन्दरी तथा नायिका सिपोरा गुरूङ, लोक दोहोरी गायक गायिका इनमाया गुरूङले गीत संगीत तथा कला प्रस्तुत गरेका थिए ।
source : dcnepal
source : Online Education News http://ift.tt/1rWhxJz
via IFTTT
Loading...
