Home » , » बागलुङ : सहकारीले २५ शय्याको अस्पताल बनाउँदै

बागलुङ : सहकारीले २५ शय्याको अस्पताल बनाउँदै

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बागलुङ- धौलागिरिवासीलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ बागलुङमा सहकारी अस्पताल बन्ने भएको छ । २५ शय्या क्षमताको उक्त अस्पतालको अहिले पूर्वाधार तयारीको काम भइरहेको छ ।


धवलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्था लिमिटेडले अस्पताल खोल्न लागेको हो । आगामी डेढ महिनाभित्रै अस्पताल सञ्चालनमा ल्याउने गरी तयारी अघि बढेको सहकारीका अध्यक्ष राम शर्माले बताउनुभयो । बागलुङ नगरपालिका–३, गुठीमा निर्माणाधीन अस्पतालको निर्माण र व्यवस्थापनका लागि तत्काल रु एक करोडभन्दा बढी रकम खर्च हुने अस्पताल स्रोतले जनाएको छ ।


सेयर सङ्कलनमार्फत रु तीन करोड पुँजी जम्मा गर्ने लक्ष्य लिइएको अध्यक्ष शर्माले जानकारी दिए । अस्पतालबाट जटिलखालको शल्यक्रियाबाहेकका अन्य सेवाहरु दिइने जनाइएको छ । तत्कालका लागि सर्जनसहित दुई विशेषज्ञ डाक्टरमार्फत सेवा सुचारु गरिने भएको हो । अस्पतालको फार्मेसी सेवा भने शुक्रबारदेखि सञ्चालनमा ल्याइएको छ । डाक्टरद्वारा बिरामीको जाँच गरेर फार्मेसीको शुभारम्भ गरिएको हो ।


“एकसाताभित्रै पूर्वाधार निर्माणको काम पूरा हुन्छ, अहिले बेड, प्रयोगशाला कक्षलगायतका भौतिक संरचना निर्माण भइरहेको छ” अध्यक्ष शर्माले भने, “एक महिनाभित्रै अस्पताल दर्ताको प्रक्रिया पूरा गरेपछि डेढ महिनाभित्रै अस्पताल सञ्चालनमा आउँछ ।” २५ बेडसम्मको अस्पताल जिल्ला स्वास्थ्य कार्यालयमै दर्ता गर्ने व्यवस्था छ ।


अस्पतालको सेयर सदस्य बढेर ४० पुगेका छन् । सेयर सदस्य सङ्ख्या १५० पु¥याउने लक्ष्य लिइएको छ ।


यसअघि बागलुङ सदरमुकाममा सरकारीस्तरको धवलागिरि अञ्चल अस्पतालबाहेक निजी क्षेत्रबाट खोलिएका दुई अस्पताल सञ्चालनमा छन् । रासस


swasthya khabar






Source News feed from स्वास्थ्य खबर पत्रिका http://ift.tt/1FgigcV

Posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved