Home » , , » १८ वर्षकी किशोरीको गराइयो कुकुर सँग बिहे (फोटोफिचर सहित)

१८ वर्षकी किशोरीको गराइयो कुकुर सँग बिहे (फोटोफिचर सहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस




मान्छेले मान्छेसँगै बिहे गर्छ । हिन्दु परम्परामा बेलसँग पनि बिहे गर्ने चलन छ । तर के मान्छेको विवाह कुकुरसँग भएको सुन्नुभएको छ ?भारतको भारखण्डस्थित एक गाउँमा एक १८ वर्षीया किशोरीको विवाह कुकुरसँग भएको छ । मंगली मुण्डा नामकी ती किशोरीको एक परम्परागत समारोहबीच शेरु नामको भाले कुकुरसँग विहे गरिएको हो ।




उनको भाग्य खराब रहेको र सुरुमा कुनै पुरुषसँग बिहे गरेमा ग्रहदशाले निकै नराम्रो फल दिने भनेर एक गुरुले भविष्यवाणी गरेपछि उनले नै दिएको सल्लाह बमोजिम पूर्वी भारतको एक गाउँकी ती युवतीको कुकुरसँग बिहे गराइयो ।कुकुरसँग बिहे भैरहँदा विवाह मण्डपमा बेहुली मंगली खुसी देखिन्नथिन् तर विचरो कुकुर भने मस्त थियो । उसलाई कारमा चढाएर विवाह मण्डपमा ल्याइएको थियो र केटी पक्षका मानिसले स्वागत समेत गरेका थिए फूलमाला लगाइदिएर ।



अहिलेसम्म स्कुल नगएकी निरक्षर मंगलीले आफुलाई कुकुरसँग बिहे गर्दा खुसी नलागेको भएपनि अब आफ्नो भाग्य बदलिने विश्वास व्यक्त गरेकी छिन् ।‘गाउँका बुढापाकाकै सल्लाह अनुसार मैले कुकुरसँग बिहे गरेकी हुँ र मेरो खराब दशा अब कुकुरमा सर्नेछ’ उनले भनेकी छिन् ।




कुकुरसँग बिहे गरेपछि अब आफुले बिहे गर्ने मान्छेको लामो आयु हुने उनको विश्वास छ ।मंगलीका बुवा श्री अमुन्दा पनि यो कुरामा सहमत छन् । उनले आफ्नी छोरीका लागि सुहाउने भुस्याहा कुकुर शेरु खोजेर ल्याएका थिए । छोरीलाई खराब दशाबाट जोगाउने एकमात्र उपाय भनेको कुकुरसँग बिहे गर्नु रहेको उनको ठम्याइ छ । आफ्नी छोरीसँग बिहे गरेको त्यो ज्वाइँ कुकुरलाई अब मंगलीका बाउआमाले ज्वाइँलाई जस्तै गरी सम्मान र स्याहार गर्नेछन् । अबका केही महिनासम्म मंगली आफैले त्यो कुकुरको स्याहार गर्नुपर्नेछ, स्वामीका रुपमा ।




उक्त गाउँमा यसअघि पनि खराब दशा भएका किशोरीहरुको कुकुरसँग बिहे गरिदिएर ग्रहशान्ती गर्ने चलन रहेछ । कुकुरसँग बिहे गर्ने केटीहरुलाई झनै राम्रो मानिँदो रहेछ ।मंगली भन्छिन्, ‘मैले एक दिन कुनै पुरुषसँग बिहे गर्नेछु । आफ्नो मन परेको राजकुमारसँग बिहे गर्ने सबै केटीहरुको सपना हुन्छ । त्यसैले मैले पनि मेरो राजकुमारलाई पर्खिरहेकी छु ।’







Source : feed update from ➭ http://ift.tt/1pJ8ieM

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved