Home » , » आँगनमा खेलिरहेकी बालिकालाई बाघले खाइदिएपछि

आँगनमा खेलिरहेकी बालिकालाई बाघले खाइदिएपछि

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा बाघको आक्रमणबाट गए राति एक बालिकाको ज्यान गएको छ।




सन्धिखर्क नगरपालिका वाड न. १० किमडाडा निवासी ५ वर्षीय बालिका सुजाता विकको आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा बाघले आक्रमण गर्दा ज्यान गएको हो।बिहीबार साँझ पौने सात बजेतिर घरको आँगनमा खेलिरहेको अवस्थामा एक्कासी बाघले झम्टिएको थियो। बाघले झम्टिएको देखेपछि घरका अन्य सदस्य चिच्चाएर बाघको फन्दाबाट बालिकालाई फुत्काएका थिए।



आक्रमणबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि जिल्ला अस्पतालमा लगिएपछि उपचारको सिलसिलामा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बतायो। यसको ३ दिनअघि सन्धिखर्क नगरपालिकाको वाड न. १० गाजरीमा पनि एक बालक बाघको आक्रमणबाट घाइते भएका थिए। उनी अझैसम्म पूर्ण निको भएका छैनन्।यस अघि नुवाकोटमा २, किमडाडामा १ र सन्धिखर्कमा १ गरी ४ जना बालकको ज्यान गएपछि सन्धिखर्क,किमडाडा, नुवाकोट अर्घा, ढिकुरालगायतका बासिन्दाले बाघ मार्नुपर्ने बताउँदै आएका थिए। अन्नपूर्णपोस्ट बाट



Source : feed news from Khabar Pana | Online News and Entertainment http://ift.tt/YgK8wV

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved