भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
हातमा हुने रेखा जीवन रेखा, भाग्य रेखा, हृदयरेखा, विवाह र सन्तानको बारेमा जानकारी दिन सकिने विश्वास गरिन्छ ।ज्योतिषका अनुसार कुनैपनि व्यक्तिको विवाह रेखा हेरेर प्रेम विवाह हुन्छ कि मागी विवाह भन्ने कुरा समेत जान्न सकिन्छ । विवाह रेखासँग सन्तान रेखा पनि हुन्छ ।
विवाह रेखा कान्छी औंलाका तल्लो भागमा हुन्छ । केही गहिरो हुने यो रेखालाई बुध रेखा पनि भनिन्छ । एक भन्दा बढी विवाह रेखा हुने व्यक्तिका प्रेम प्रसंग बढी हुने र धेरै जनासँग नजिकिने ज्योतिषहरुको भनाई छ ।
यी रेखाहरु बढी तलपट्टी छन् भने उसको वैवाहिक जीवन राम्रो हुँदैन । कुनै स्त्रीको हातमा विवाह रेखाको शुरुमै टापु जस्तो चिन्ह भए यस्ता महिलाले सौता व्योहोर्नु पर्ने वा झुक्याएर विवाह गरिदिने खतरा हुन्छ भने यस्ता महिलाका पतिलाई स्वास्थ्यको समस्या समेत हुन सक्छ ।
कुनै व्यक्तिको हातमा विवाह रेखा लामो छ र सूर्य पर्वत सम्म पुगेको छ भने यस्ता व्यक्तिको वैवाहिक जीवन सुखमय हुने र जीवनसाथी पनि समृद्धि प्राप्त गर्छन् । कसैको विवाह रेखा बिचमा नै काटिएको भए त्यसले जीवनसाथी गुमाउने संकेत गर्छ ।
सन्तान रेखा पनि कान्छी औंलाको तल्लो भागबाटै सुरु हुन्छ । यो ठाडो रेखा हुन्छ । यो रेखाबाटै कुन व्यक्तिका सन्तान कति हुन्छन् र छोरा वा छोरी के हुन्छन् भन्ने समेत थाहा पाउन सकिने ज्यतिष शास्त्रीहरुको भनाई छ ।
from ➭ http://ift.tt/1CsiiNt
via IFTTT
Loading...
