Home » , » निशालाई २ लाखसहित ‘मिस ग्लोबल ईन्टरनेशनल’को उपाधी

निशालाई २ लाखसहित ‘मिस ग्लोबल ईन्टरनेशनल’को उपाधी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

चौथो श्रृङ्खलासम्म आइपुग्दा ‘मिस ग्लोबल इन्टरनेशनल’ भव्य र आकर्षक बनिरहेको छ । आज काठमाण्डौमा २४ जना प्रतिस्पर्धीले उपाधीका लागि भिडन्त गरे । जसमा निशा पाठकले अन्य २३ जनालाई उछिन्दै उपाधी आफ्नो कब्जामा पारिन् ।




सहभागी नम्बर २ रहेकी निशाले उपाधीसँगै २ लाख नगद र ट्रफी प्राप्त गरेकी छिन् । उपाधी पाएपछि निक्कै खुशी देखिएकी निशालाई अन्य प्रतिस्पर्धीहरुले पनि बधाई दिए । बधाई पाउँदा उनी झनै मख्ख र दंग देखिइन् । उनी आयोजक संस्था ‘मोडल ग्लोबल भिसाज कन्सलटेन्सी’को ब्रान्ड एब्यास्टडर र नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कासँग एक टीभी विज्ञापनमा अभिनय गर्ने मौका समेत पाउँनेछिन् ।

यस्तै, प्रतिस्पर्धामा फस्ट रनरअपको उपाधी सुस्मिता रेग्मीले जितिन् । उनले नगद ६० हजार र ट्रफी प्राप्त गरेकी छिन् । यस्तै सेकेन्ड रनरअप अर्चना पन्थीले नगद ३० हजार र ट्रफी प्राप्त गरिन् । लामो समयको प्रशिक्षण पश्चात उनीहरु अन्तिम प्रतिस्पर्धाका लागि उभिएका थिए ।





यो सौन्दर्य प्रतियोगिताको सव-टाइलट अन्र्तगत ‘मिस पपुलर’ अस्मिता तिमिल्सिना, ‘मिस फोटोजेनिक’ सुस्मिता रेग्मी, ‘मिस पङ्च्यूअल’ मनिषा केसी, ‘मिस वेष्ट वाक’ अस्मिता तिमिल्सिना, ‘मिस ट्यालेन्ट’


सुस्मिता रेग्मी, ‘मिस डिसिप्लिन’ निशा पाठक, ‘मिस इन्टिलिजेन्ट’ अर्चना पन्थी, ‘मिस पर्सनालिटी’ प्रगती अमात्य, ‘मिस फ्रेन्डसिप’ विपश्चना कर्मचार्य बन्न सफल भए ।

कार्यक्रमको कोरियोग्राफी पूर्व मिस नेपाल माल्भिका सुब्बाले गरेकी थिइन् । मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीको प्रस्तुतीमा आज काठमाण्डौको आर्मी अफिसर्स क्लबमा यो सौन्दर्य प्रतियोगीता आयोजना भएको हो ।





Souce feed news from आजको पत्रिका► http://ift.tt/W8OdBo

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved