भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लब एन्फा कप 'ए' डिभिजन नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा बिहीबार भएको खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २-० गोलले हरायो। प्रतिष्ठाको लडाइँका रूपमा हेरिने गरेको आर्मी र पुलिसबीचको खेलमा पछिल्लो समय हावी बन्दै आएको आर्मीले नकआउट फुटबलमा पनि सुखद नतिजा निकाल्यो।
आर्मीको जितमा नवयुग श्रेष्ठ र दीपक गुरुङले गोल गरे। नवयुगले खेलको ३३ औं मिनेटमा खाता खोले। नवयुगले दीप लामाको पासमा डिबक्सभित्र पुलिसका तीनजना रक्षकलाई छल्दै गोल गरेका थिए।पहिलो हाफमा १-० गोलले अगाडि रहेको आर्मीले ७२ औं मिनेटमा दोस्रो गोल गर्यो। राजु तामाङको कर्नर पासमा दीपक गुरुङले पोस्ट छेउबाट बललाई जाली चुमाए।
आर्मीले पहिलो हाफमा दुईवटा अवसर गुमाएको थियो। नवौं मिनेटमा दीप लामाको सशक्त प्रहारलाई पुलिसका गोलरक्षक रीतेश थापाले विफल पारेका थिए। २० औं मिनेटमा नवयुग श्रेष्ठले वान भर्सेस वानको अवसर खेर फालेका थिए। ७० औं मिनेटमा नवयुग श्रेष्ठको पोस्ट छेउको प्रहारलाई पुलिसका गोलरक्षक रीतेशले पुन: विफल पारिदिए।
आर्मीको तुलनामा कमजोर देखिएको पुलिसले पहिलो हाफमा दुईवटा गोल गर्ने अवसर गुमाएको थियो। पाँचौं मिनेटमा अजित भण्डारीको करिब ३० यार्ड लामो प्रहार क्रसबारमाथिबाट बाहिर हुइँकिएको थियो।३४ औं मिनेटमा जुमनु राईको काउन्टर प्रहारलाई आर्मीका गोलरक्षक विकास मल्लले बचाएका थिए। खुट्टामा लागेको चोटका कारण लामो समय मैदानबाहिर रहेका विकास एन्फा कपबाट मैदानमा देखिएका हुन्। आर्मी टोलीका कप्तान समेत रहेका विकासको प्रदर्शन पुरानै अवस्थामा देखिएको थियो।
सेमिफाइनलमा आर्मीले संकटा र मोरङबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। आर्मीका प्रशिक्षक मेघराज केसीले खेलाडीको प्रदर्शन सोचेजस्तो नदेखिए पनि नतिजाबाट सन्तुष्ट भएको बताए। 'हामीले डेढ महिनादेखि तयारी गर्दै आएको थियौं। खेलाडीले जति खेल्नुपर्ने थियो, तर त्यति गतिलो खेल्न सकेनन्। चर्को घामले पनि खेल देखाउन सकिएन', मेघराजले भने।
पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले पुलिसका खेलाडीले बल नियन्त्रणमा राखेर खेल्न नसक्नु गल्ती भएको बताए। 'आर्मीले केही राम्रो खेल्यो, तर दुवै टोलीले हतारिएर खेलेका थिए।
खेलाडीको तालमेल पटक्कै मिलेन। रीतेशको प्रदर्शन पनि खस्किएको देखियो', विराटले भने। आर्मीको गोल नहुनुपर्ने बल गोल भयो। पुलिसले गर्नुपर्ने गोल गर्न नसकेको विराटले बताए।
संकटाविरुद्ध मोरङ भिड्दै
राजधानीमा जारी 'ए' डिभिजन नकआउट फुटबल प्रतियोगितामा आज संकटाविरुद्ध मोरङ भिड्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो संकटाविरुद्ध मोरङ प्रतिस्पर्धा हुने भएको हो। अन्नपूर्ण पोस्ट
Source : feed news from Khabar Pana | Online News and Entertainment http://ift.tt/WlHc0f
via IFTTT

Loading...