Home » » मेरी बास्सैका हास्य कलाकार बान्द्रेको हातमा हतकडी

मेरी बास्सैका हास्य कलाकार बान्द्रेको हातमा हतकडी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस



नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिश्रृङ्खला मेरी बास्सैका हास्य कलाकार (बान्द्रे) सुरज चापागाँइको हातमा हतकडि लागेको छ । तर हतकडी रियल लाइफमा नभएर रिल लाईफमा लागेको हो ।

बान्द्रेले स्वंयम आफ्नै लगानीमा निर्माण गरेको चलचित्र ‘मेरो स्कुल’को दुश्यमा हतकडी लगाएको दृश्य देखिएको हो । चलचित्रमा बान्द्रेलाई एउटा नराम्रो केटाको भमिकामा देख्न सकिन्छ । स्कुलमा हुने गरेका विभिन्न सकारात्मक र नकारात्मक पक्षहरुको कथा बोकेको चलचित्रलाई बान्द्रे आफैले निर्देशन गरेका हुन् ।
बिरेन्द्र भाँटले खिचेको चलचित्रमा कथा स्वंयम आफ्नै(बान्द्रे) भएपनि पटकथा भने अबतार कंडेल र दिपक आचार्यको रहेको छ ।

चलचित्रमा सुरविर पण्डित, पल्पसा ढंगोल, निरु खड्का, राजु कमेडी, सरिता ओली, रेशम बुढाथोकी आदि कलाकारलाई मुख्य भुमिका देख्न सकिन्छ । चलचित्र ‘मेरो स्कुल’ले सार्वजनिक प्रदर्शन गर्ने मिति भने तोकेको छैन ।
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved