Home » , , » ३ मिनेटमै स्खलित हुनु हुन्छ? समस्या हुन सक्छ

३ मिनेटमै स्खलित हुनु हुन्छ? समस्या हुन सक्छ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

अन्तर्राष्ट्रिय यौन विशेषज्ञहरुको एक टोलीले कुनै पनि पुरुष यौन सम्पर्कको समयमा ३ मिनेट वा त्यस भन्दा पनि कम समयमा स्खलित हुन्छ भने यसलाई शीघ्र पतन भन्न सकिने बताएका छन् ।यो रिपोर्टका एक जना लेखक समेत रहेका अष्ट्रेलियाका यौन विशेषज्ञ क्रिश म्याकमोहनले यस अघि यो विषयमा धेरै भ्रमहरु रहेको र अधिकाँश पुरुषले आफूलाई शीघ्र स्खलनको समस्या रहेको ठान्ने गरेको बताए ।



केही वर्ष अघि सम्म अधिकाँश पुरुषमा शीघ्र स्खलनको समस्या रहेको भन्ने मान्यता रहेपनि पछिल्लो अध्यनले भने यो प्रतिशत निक्कै कम रहेको देखाएको छ ।२ देखि ३ प्रतिशत सम्म ब्यक्ति मात्र जीवनभरि नै यस्तो समस्याबाट गुज्रिने उनीहरुको भनाइ छ । त्यस्ता मानिस केवल १ मिनेट वा त्यस भन्दा पनि कममै स्खलित हुने बैज्ञानिकहरुको भनाइ छ ।



त्यसै गरी अर्काथरी पुरुषहरु ३ मिनेटको आसपासमा वा त्यस भन्दा कममा स्खलित हुन्छन् । त्यसलाई पनि शीघ्र स्खलन नै मानिन्छ ।कतिपय पुरुषहरुले यौन सम्पर्कको समयमा स्खलनलाई नियन्त्रण गर्न नसक्ने भएका कारण उनीहरुमा मानसिक समस्या समेत देखिने बताइन्छ ।यो रिपोर्ट जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित छ ।







from ➭ http://ift.tt/W6A5bT

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved