Home » , » पत्र लेख्दै माफी मागिन् गायिका अन्‍जु पन्तले (पत्रसहित)

पत्र लेख्दै माफी मागिन् गायिका अन्‍जु पन्तले (पत्रसहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं: नेपाली गीतसंगीतमा सिआबिटी क्‍विनकी उपनाम पाएकी चर्चित गायिका अन्‍जु पन्तले पछिल्‍लो समयमा निकै विवादित बन्दै गएकी छिन।अन्‍जुले केही समय अघि एक गीतमा हिन्‍दूवादी शब्‍द प्रयोग भएका कारण आफूले सो गीत गाउन नसक्‍ने दिएको अभिव्‍यक्तिका लागि माफी मागेकी छिन्।




उनले सामाजिक सञ्‍जाल फेसबुकमार्फत बिहीबार माफी मागेकी हुन। उनले आफ्नो आधिकारिक फेसबुक पेजमा एक हस्तलिखित पत्र लेख्‍दै माफी मागेकी हुन । अन्‍जुले उक्त पत्रमा लेलेकी छन्, 'म तपाईंहरूकै गायिका अञ्‍जु पन्, कुनै पनि धर्मलाई होच्याउने र घृणा गर्ने काम मबाट हिजोका दिनमा पनि भएको थिएन, आज पनि भएको छैन र भोलिका दिनमा पनि हुने छैन। मेरो बारेमा जे-जस्ता समाचारहरू आए त्योप्रति म निकै दु:खी छु।'



उनले पत्रमा क्षमा माग्दै भनेकी छिन, 'म यो भन्‍न चाहन्छु कि, सम्पूर्ण पत्रकार, नेपाली गीतसंगीत प्रेमी दर्शक स्रोता र सबै धर्मालम्बीप्रति श्रद्धा गर्दछु। यदि मबाट जान अञ्‍जान केही भूल भएको भए क्षमा चाहन्छु।'



साथै उनले पत्रमार्फत नै नजिकिंदै गरेको चाडपर्वको शुभकामना दिदै लेखेकी छन्, 'सम्पूर्ण धर्मालम्बीहरूलाई नजिकिंदै गरेको चाडपर्व सरल र सभ्य किसिमले मनाउन हुन हार्दिक मंगलमय शुभकामना व्‍यक्त गर्दछु।'



गायिका अन्‍जुले आफू क्रिस्चियन धर्मावलम्बी भएकाले हिन्दुवादी शब्द उच्चारण गर्न नमिल्ने बताउँदै सहदेव कोइरालाको शब्द तथा संगीत रहेको 'दुर्गा माताको आर्शिवादले सोचे जस्तै पुगोस्' बोलको गीत गाउन अस्वीकार गरेको समाचार सञ्‍चारमाध्‍ममा आएको थियो। उनले दिएको उक्त सम्‍प्रादायिक अभिव्‍यक्तिप्रतिसामाजिक सञ्‍जालमा चर्को आलोचना खेप्नु परेको थियो। सञ्‍जालमा उनकै फ्‍यानहरुले नेपाली कलाकारको कुनै जात, धर्म नहुने भन्‍दै आलोचना गरेका थिए।



हेर्नुस अन्‍जु पन्‍तले लेखेको हस्तलिखित पत्र




अन्नपूर्ण पोस्टबाट



Source : feed news from Khabar Pana | Online News and Entertainment http://ift.tt/1Bfmuyy

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved