शनिबार आयोजना हुन लागेको ‘दोश्रो एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’को यतिबेला धमाधम तयारी भैरहेको छ । मंगलबार अनलाइनखबरको क्यामेरा गोपिकृष्ण कम्प्लेक्स पुग्दा नेपाली सिनेमाका कलाकारहरु नृत्य गर्दै थिए । कार्यक्रमलाई भव्य र सव्य बनाउन आयोजकले हरेक तयारीलाई अगाडि बढाएको छ । नायक रमेश उप्रेती ८ बर्षपछि नेपाली स्टेजमा नृत्य गर्न पाउँदा जती खुशी देखिएका थिए नायिका करिश्मा मानन्धर पनि उनीसँग स्टेज बाड्न पाउँदा दंग देखिन्थिन् । २० वटा विधामा वितरण गर्न लागिएको पुरस्कारका लागि कलाकर्मीहरु भिडन्त गर्दैछन् । यसपटक नायक श्रीकृष्ण श्रेष्ठलाई विशेष श्रद्धाञ्जली दिदै उनका गीतमा कलाकारले नृत्य गर्नेछन् । कलाकारहरु रिस्ता बस्नेत, सुष्मा कार्की, एनी कुँवर, केकी अधिकारी, निता पोख्रेल, पवित्रा आचार्यले नायक दिलिप रायमाझीको जोडी भएर नाँच्नेछन् । उत्कृष्ट निर्देशकले १ लाख पुरस्कार पाउँने यो अवार्डका अन्य विधाका विजेताले ५१ हजार नगद पुरस्कारसँग ट्रफी उचाल्नेछन् । - \