भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नाच्न नजान्ने आँगन टेढो भन्ने उखानै छ । हुँदा हुँदा लोग्नेस्वास्नीले आफुहरुबीच सहवासको दर घट्नुमा कुकुर दोषी रहेको आरोप लगाउन थालेका छन् ।बेलायतमा गरिएको पछिल्लो अध्ययनले मानिसहरुमा सम्भोगको दरमा कमी आउनुमा कुकुरले दोषको भारी बोक्नुपरेको देखाएको छ ।
vouchercodespro.co.uk ले बेलायतमा गरेको सर्भे अनुसार श्रीमान श्रीमती तथा कम्तीमा पनि दुइ वर्षदेखि यौन सम्बन्धमा रहेका जोडीहरुबीचको सम्भोगको दर घट्दै गएको छ । सन् २०१३ मा भन्दा २०१४ मा बेलायती दम्पतीहरुमा सम्भोगको संख्या घटेको छ ।२ हजार ७ सय ३३ जनामा गरिएको सर्भेक्षणमा सहभागी मध्ये ४१ प्रतिशतले यो वर्ष आफुले अघिल्लो वर्षभन्दा कम सम्भोग गरेको बताएका छन् ।
आखिर किन ? यसको मुख्य कारक मध्येमा आर्थिक समस्या तथा कामको चिन्तालाई मान्नुमा कुनै आश्चर्य जनाउनुपर्दैन । तर सम्भोग कम गर्ने मानिसहरुले पैसा मात्र नभई घरमा पालेको कुकुर समेत आफुहरुको सेक्सको बाधक रहेको बताएपछि त्यसले भने धेरैलाई अचम्ममा पारेको छ ।
सर्भेक्षणमा सहभागी मध्ये ३१ प्रतिशत दम्पतीले आफुहरुले एउटै ओछ्यानमा सुताउने घरपालुवा कुकुरले आफुहरुको सेक्समा डिस्टर्व गरेको बताएका छन् ।सर्भेमा सहभागी मध्ये ३६ प्रतिशतले भने अघिल्लो वर्षभन्दा आफुले बढि सम्भोग गरेको बताएका थिए ।
from ➭ http://ift.tt/1rwKBWJ
via IFTTT
Loading...