Home » , » यौन अखडामा प्रहरीको छापा, १३ पक्राउ: घुस बाँडफाँडमा विवाद भएपछि प्रहरीबीच कुटाकुट

यौन अखडामा प्रहरीको छापा, १३ पक्राउ: घुस बाँडफाँडमा विवाद भएपछि प्रहरीबीच कुटाकुट

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

घुस बाँडफाँडमा विवाद भएपछि प्रहरीबीच कुटाकुट

१८ भदौ, पर्सा । पर्सा प्रहरीले वीरगन्जका बिभिन्न अवैध यौन अखडामा छापा मारेर १३ जनालाई पक्राउ गरेको छ ।



यौन व्यावसायमा संलग्न ३ पुरुष सहित १३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले वीरगन्जको बसपार्क, भंसार र लक्षमण्ँवा क्षेत्रमा अवैध यौन धन्दा सन्चालन हुने गरेको उजुरी आएपछि छापा मारेरको हो ।


पक्राउ परेका मध्य १० महिलालाई वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको छ भने ३ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धानको प्रकृया अघि बढाइएको प्रहरीलाई उधृत गर्दै पत्रकार शत्रुघन नेपालले जनाएका छन् ।

यसैबीच इलाका प्रहरी कार्यालय, सेढवाका घुमुवा सुरेन्द्रप्रसाद कलवार र प्रहरी चौकी पीडारीगुठीका प्रमुख प्रहरी सहायक निरीक्षक कुमार खड्काबीच लेनदेनको विषयलाई लिएर कुटाकुट परेको छ ।

इलाका प्रहरी कार्यालय, सेढवा परिसरमा मंगलवार उनीहरबीच कुटाकुट भएको प्रहरी स्रोतले जनाएको छ ।

भारतबाट अवैध सामान भित्र्याउने समूहमध्ये भागवाला टोलीले दिएको रकम प्रसनि कुमार खड्काले लिएको र सोको भाग इलाका घुमुवा सुरेन्द्रले पनि मागेपछि विवाद भएको थियो ।





Souce feed news from आजको पत्रिका► http://ift.tt/WbOMdU

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved